नंखेल बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर सुर्यबिनायकको को १७ औं वार्षिक साधारण सभा नन्दिकेस्वर महादेवको सामुदायिक भवनमा बिहिवार सम्पन्न भयो | सभाको उदघाटन संस्थाका जेष्ठ सदस्य जंग बहादुर कासुला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक सदस्य राजकुमार लघुले संयुक्त रुपमा पानसमा दिप प्रज्वलित गरि गर्नुभयो | |
कार्यक्रममा भक्तपुर जिल्ला बचत संघका संचालक सदस्य राजकुमार लघुले सहकारी नियमन प्रधिकरणले लगायत अन्य निकायले जारी गरेको निर्देशनले सहकारी संस्था र जिल्ला संघ कमजोर हुने र बित्तिय क्षेत्रमा बैंकहरुको एकाधिकार हुने बताउनु भयो | उहाँले चिनको तिब्बतको शानान नगरको सहकारी संस्थाको गतिबिधी, लगानी र स्थानिय निकायको सहयोग र समन्वयबारे चर्चा गर्दै त्यहाँ जस्तै नेपालमा गर्न सके स्थानिय उत्पादन र युवाहरुको लागि रोजागारी वृद्धि र स्थानीय पर्यटन उधोग पनि बिकास हुने बताउनु बताउदै १७ औ साधारणसभा भब्य र सभ्य रुपमा सफल होस भन्ने शुभकामना ब्यक्त गर्नु भयो |
संस्थाका निवर्तमान अध्यक्ष रामकृष्ण श्यामाजुले सहकारीले सामाजिक कार्यक्रमको साथै शिपमुलक आयमुलक कार्यक्रम गरेर सदस्यहरुलाई सचेत र संगठित गर्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष तुल्सिदास कासुलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिब बाबुकाजी कासुला ,कोषाध्यक्ष शिवराम ब्यान्जु ,लेखा समिती संयोजकले पनि आ-आफनो प्रगती प्रतिवेदन प्रस्तुत गरि पारित गरियो | कार्यक्रममा संस्थाका असल बचतकर्तालाई पनि सम्मान गरिएको थियो |
नंखेल साकोसको १७औ साधारणसभा सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















