इडेन गार्डेनमा वार्षिक खेलकुद उत्सव-२०८२

0
345

भक्तपुर/पौष २४ः सूर्यविनायक नगरपालिका–३, बालकोटमा अवस्थित इडेन गार्डेन इङ्लिस स्कुलमा यस वर्षको “इडेन वार्षिक खेलकुद उत्सव २०८२” भव्य रूपमा सम्पन्न भएको छ। पौष २० गते सुरु भएको उक्त खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई पौष २३ गते औपचारिक रूपमा समापन गरिएको हो।

विद्यालयका सह-प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विभिन्न तहका विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई लक्षित गरी उक्त उत्सव चार दिनसम्म सञ्चालन गरिएको उहाँले बताउनुभयो।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारालाई आत्मसात गर्दै विद्यालयले हरेक वर्ष विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने र उनीहरूभित्र रहेका प्रतिभाहरू उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै आएको विद्यालयको अतिरिक्त क्रियाकलाप तथा खेलकुद संयोजक सुविन्द्र राईले जानकारी दिनुभयो।

चार दिनसम्म सञ्चालन भएको खेलकुद उत्सवमा प्रि–नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीहरुलाई समेट्ने कोसिस गर्दै विद्यालयले विभिन्न खेलहरु खेलाएका थिए । उत्सव अन्तर्गत व्यक्तिगत तथा अन्तर–सदन प्रतियोगिताहरू सञ्चालन गरिएका थिए। प्रतियोगितामा “रेड हाउस” ले सबैभन्दा धेरै स्वर्ण, रजत तथा कास्य पदक जित्दै वर्षको “उत्कृष्ट सदन” घोषित भएको थियो ।

समापन समारोह तथा मेडल वितरण कार्यक्रममा बोल्दै सह-प्रिन्सिपल राईले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुनुका साथै खेलकुदप्रतिको रुचि र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सो अवसरमा उहाँले विजेता विद्यार्थीहरूलाई मेडल वितरण गर्दै बधाई व्यक्त गर्नुभएको थियो।

खेलकुद उत्सवलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here