जीवनको पुनर्जन्म: मेडिसिटी अस्पतालमा दादाको मुटु शल्यक्रियाको

0
90

इश्वरा श्रेष्ठ

जीवनको हरेक यात्राहरुमा अप्रत्याशित मोडहरूले घेरिएको हुन्छ। मेरो दादाको जीवनले पनि यस्तै अती कठिन मोड पार गरायो, जसले गर्दा मुटुको भल्भ परिवर्तन गर्नु पर्ने एकदम  जटिल शल्यक्रियावाट  उहाँलाई जीवनको नै फेरि दोस्रो मौका पाउने अवसर दियो। काठमाण्डौँ स्थित  मेडिसिटी अस्पतालको अत्यन्तै  कुशल चिकित्सक, समर्पित नर्स र हाम्रो परिवारको अटुट साथले उहाँले मृत्युको मुखबाट फर्केर नयाँ जीवन पाउने मौका पाउनुभयो। यो अवस्थाबाट  उहाँको संघर्ष,दुख, हाम्रो आशा विश्वास र मेडिसिटी अस्पतालको सबै व्यक्तित्वहरुको साक्षी हो। दादाले मेरो लागि गर्नु भएको त्याग र साथ सपोट कसरी बयान गरौम भन्नु शब्द छैन ।भन्नुनै पर्दा  एउटा परिवारको सदस्य मात्र नभएर परिवार कै बलियो खम्बा  हुनुहुन्छ। उहाँको कार्य र सरल जीवनशैली, सकारात्मक दृष्टिकोण र सबैलाई सहयोग गर्ने भावनाले मलाई सधैं प्रभावित पारिरहन्छ । समयको खेल हो केही महिनाअघि उहाँलाई श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने र कमजोरी महसुस हुने समस्या देखियो। सुरुमा उहाले परिवारले  पिर लिन्छ भन्ने लागेछ र यसलाइ लुकाउने प्रयास गर्नुभो तर अचानक विहोस हुनु भो र एम्वुलेन्स बोलाएर  अस्पताल पुर्‍यायौं। हतार हतार विभिन्न परीक्षणपछि डाक्टरहरूले दादाको मुटुको भल्भको दुइबटैमा गम्भीर समस्या भएको पत्ता लगाए। उहाँको मुटुको भल्भ साँघुरो भएको थियो, जसले गर्दा सास फेर्न र रगत प्रवाहमा बाधा पुगिरहेको थियो। डाक्टरहरूले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने बताउनु भो र हामी सबैलाई यो खबरले आकाशले किचे जस्तो र धर्ति नै फाटे जस्तै स्तब्ध बनायो। साच्चैँ  मुटुको शल्यक्रियाको नाम सुन्दा नै आफ्नै मुटुले काम नगर्ला जस्तो हुन्थ्यो र धेरै डर लाग्थ्यो, तर दादाको जीवन बचाउनु हाम्रो हर प्रयास र पहिलो स्थान थियो। जसोतसो हामीले मेडिसिटी अस्पतालको कार्डियोथोरासिक विभागको बारेमा सुनेका थियौं र सबैको सल्लाहमा त्यहाँका डाक्टरहरू मुटुको शल्यक्रियामा विशेषज्ञ भएको कारण र अस्पतालमा अत्याधुनिक उपकरणहरू रहेको हुदाँ  हामीले दादालाई मेडिसिटी अस्पतालमा भर्ना गर्ने निर्णय गर्यौं त्यसै अन्तर्गत मेडिसिटी अस्पतालमा दादाको उपचार सुरु भयो। डाक्टरहरूले विभिन्न परीक्षण गरेर शल्यक्रियाको योजना बनाका थिए र  उहाँलाई शल्यक्रियाको बारेमा विस्तृत जानकारी दिइयो र उहाँको मनमा रहेको डरलाई कम गर्न प्रयास गरियो। दादाले पनि डाक्टरहरूमाथि विश्वास देखाउनुभयो र शल्यक्रियाको लागि तयार हुनुभयो। शल्यक्रियाको दिन, म लगाएत परिवारका सदस्यहरू अस्पतालको प्रतीक्षा कक्षमा चिन्तित भएर बसेका थियौं। हामी सबैले दादाको सफल शल्यक्रियाको लागि प्रार्थना गरिरहेका थियौं। शल्यक्रिया छ  घण्टासम्म चल्यो, र हामीले प्रत्येक मिनेट डर र चिन्तामा बितायौं। समय बित्दै गर्दा छिन छिनमा सोध्नु जाँदै रुदै फकियौँ। अन्तत:, डाक्टरहरूले शल्यक्रिया सफल भएको घोषणा गरे र हामिलाइ भेट्नु दिनुभो त्यहाँबाट हामी सबैले ठूलो सास फेर्यौं आँखा भरि आँशु झार्यौँ। दादालाई  (ICU) मा राखियो, जहाँ उहाँलाई निरन्तर निगरानी गरियो। आईसीयूमा दादाको अवस्था नाजुक थियो, तर डाक्टर र नर्सहरूको अनेकौँ  प्रयासले गर्दा उहाँको अवस्था बिस्तारै सुधार हुदैँ आयो। आईसीयूमा दादालाई श्वासप्रश्वासमा सहयोग गर्न भेन्टिलेटरको प्रयोग गरिएको थियो। उहाँलाई विभिन्न औषधिहरू दिइएको थियो र उहाँको मुटुको कार्यलाई निगरानी गर्न विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो। आईसीयूमा कार्यरत नर्सहरूले उहाँको व्यक्तिगत हेरचाह गरे। उनीहरूले उहाँलाई आरामदायी बनाउन र उहाँको मनमा सकारात्मक भावना जगाउन हरसम्भव प्रयास गरे।दादाको उपचारमा संलग्न डाक्टरहरूले हामीलाई उहाँको अवस्थाको बारेमा नियमित रूपमा जानकारी दिन्थे। उनीहरूले हामीलाई उहाँको प्रगति देखाउँथे र हामीलाई हौसला दिन्थे। उनीहरूको सकारात्मक दृष्टिकोण र व्यावसायिकताले हाम्रो मनमा आशा जगाएको थियो।       

केही दुई दिन पछि, डाक्टरहरूले दादालाई आईसीयूबाट साधारण वार्डमा सार्ने निर्णय गरे। उहाँको स्वास्थ्यमा सुधार भएको थियोर उहाँ आफैं श्वास फेर्न सक्ने हुनुभएको थियो र उहाँको मुटुको कार्य पनि सामान्य हुँदै गइरहेको थियो।साधारण वार्डमा, दादालाई फिजियोथेरापी र अन्य आवश्यक उपचारहरू दिइयो। उहाँलाई हिँड्न र आफ्नो दैनिक क्रियाकलापहरू गर्न सहयोग गरियो। उहाँको स्वास्थ्यमा दिनप्रतिदिन सुधार हुँदै गयो। उहाँ पहिलाको भन्दा पनि बलियो र स्वस्थ हुनुभएको छ। मेडिसिटी अस्पतालको वातावरण सकारात्मक थियो। त्यहाँका डाक्टर, नर्स र कर्मचारीहरू सबै सहयोगी थिए। उनीहरूले हामीलाई सधैं हौसला दिए र दादाको उपचारमा सहयोग गर्नु भो। केही हप्तापछि, डाक्टरहरूले दादालाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेपश्चताप उहाँ पूर्ण रूपमा निको हुनुभएको थियो। उहाँले पुनर्जन्म पाउनु भो र फेरि खुसी र उत्साह फर्किएको थियो साथै डिस्चार्ज भएपछि, दादाको जीवनमा ठूलो परिवर्तन आयो। उहाँले आफ्नो जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न थाल्नुभयो। उहाँले आफ्नो स्वास्थ्यलाई ख्याल गर्नु थाल्नुभयो समय समयमा नियमित रूपमा व्यायाम गर्न थाल्नुभयो र स्वस्थ खाना मजाले खान थाल्नुभयो। हाम्रो परिवारमा दादाको यो अवस्थावाट  हामीले शिक्षा पायौँ जीवन एक अनमोल उपहार रहेछ जसलाई हामीले ख्यालठ्टा गर्नु हुन्न यसलाइ सदुपयोग गर्नुपर्छ साथै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्छ ।दादाको यो पुनर्जन्मको अबस्थालाई  मेडिसिटी अस्पतालको महान चिकित्सक र समर्पित नर्सहरूको हरपुर्ण प्रयासको परिणामको कारणले मेरो दादालाई नयाँ जीवन पाउनुभएको  छ। साथै अस्पतालका परिवारप्रति सधैं आभारी रहनेछौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here