भक्तपुर, २०८३ वैशाख ६ । इन्द्रायणी द्योछेँको पुनः निर्माण कार्यको चौथो चरणको काम सम्पन्न गरी आइतबार स्थानीयवासीहरूको भेला गरी सार्वजनिक परीक्षण कार्य सम्पन्न गरेको छ ।
कार्यक्रममा स्थानीय समाजसेवी एवं साबिक १५ वडाका पूर्वअध्यक्ष रवीन्द्र खर्बुजाले इन्द्रायणी द्योछेँ भक्तपुर नगरको एक नमुना मन्दिरको रूपमा रहेको चर्चा गर्दै उक्त मन्दिरको सम्बन्ध बिस्का जात्रासँग पनि रहेको बताउनुभयो ।
भनपाभित्रका विकास निर्माण कार्यहरू उपभोक्ता समितिमार्फत गर्दा स्थानीय जनताको सहभागिता बढ्नु, श्रमदान अधिक रहनु र आफ्नोपनको भावना विकास भएकोले भक्तपुरको सन्दर्भमा उपभोक्ता समितिमार्फत काम गर्दा दिगो विकास हुने उहाँले बताउनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायले उपभोक्ता समितिमार्फत काम गर्दा लागत अनुमानभन्दा कम रकममा निर्माण सम्पन्न हुनु सकारात्मक हुँदा हुँदै व्यवहारिक कठिनाइहरू आइपर्ने हुनाले समितिमा बसेर काम गर्ने पदाधिकारीहरूलाई अझ व्यवस्थित गर्न तालिम दिनुपर्ने बताउनुभयो ।
२०७६ जेठ १९ गते शिलान्यास भएको उक्त मन्दिरको पुनःनिर्माण २०८२ चैत १९ गते चौथो चरणको कार्य सम्पन्न भएको थियो ।
उक्त द्योछेँ पुनःनिर्माणको लागि भनपाबाट २ करोड ६६ लाख ११ हजार ५२ रूपैयाँ ४० पैसा प्राप्त भएको थियो ।
वडा सदस्य श्यामसुन्दर मातांको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य मन्जु लाखाजु, उपभोक्ता समितिका पदाधिकारीद्वय कृष्ण प्रधानाङ्ग र कृष्णश्वरी हाडाले पनि बोल्नुभएको थियो ।
इन्द्रायणी द्योछे पुनःनिर्माणसम्बन्धी सार्वजनिक परीक्षण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















