एक एक गरि गए सब सात समुन्द्र पारी
काम गर्ने कोही छैन बाँझो छ खेत बारी
कमाउन भनी गएका उतै छ प्यारा प्यारी
छैन सुख शान्ति कतै दुःखको छ भकारी ।
जोगाउन नि मुस्किल छ एक मुठी सास
कसरी जोहो गर्ने हो गाँस, बास, कपास
धन हुनेलाई सर्वत्र धनमाथि धनकै रास
नहुनेलाई कतै केही छैन कुनै पनि आस ।
भोक प्यासले सताउँछ चुलोचौको रित्तो
टोलाएर हेरिरहन्छन् सधैं दलिन र भित्तो
ऋण लिँदा जग्गा जमिन सबै राखे धितो
झुटो बिक्दो रहेछ यहाँ सत्य कुरा तितो ।
बढेको छ विदेश जाने दिनदिनकै लर्को
रोजगारी नपाउँदा विकल्प पाएन अर्को
दुखीले बिलौना गर्दा नमान्नु है झर्को
मेटाउनु पर्छ धनी गरिब बीचको धर्को ।
भावी पुस्ताले भएपनि पाउनु पर्छ सुख
पौरख गरी बाँचौं नताक अर्काको मुख
दुनियाँमा कतै पनि पैसाको हुँदैन
रूख सबको उन्नति प्रगति भए तर्दछ दुःख ।
कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















