भक्तपुरकाे फर्निचर कारखानामा आगलागी प्रभावित क्षेत्रको नगर प्रमुख प्रजापतिद्वारा निरीक्षण

0
2389

भक्तपुर नगरपालिका वडा नं. २ स्थित सानो ब्यासीको तुमर्चास्थित फर्निचर कारखानामा भएको आगलागी प्रभावित क्षेत्रको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थलगत निरीक्षण गर्नुभई आगलागी पीडितलाई भेटेर सहानुभूति व्यक्त गर्नुभयो ।

सो आगलागीबाट प्रेम गारु र विक्रम जतिको फर्निचर उद्योग पूर्ण रुपमा क्षति पुगेको थियो । आगलागी भएको फर्निचर कारखानामा रहेको सीएनसी मेसिन, कम्प्रेसर मेसिन, भ्याकुम मेसिन, घोडा मेसिन, काठ र प्लाइ जलेर नष्ट भएको छ ।

सो आगलागीबाट करिब ४० लाखको क्षति भएको अनुमान गरिएको छ । आगलागी के कारण भएको हो अहिले सम्म खुल्न सकेको छैन । आगलागी सुरु भए पनि करिब ३ः४५ बजे जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको २ वटा दमकलले आगलागी नियन्त्तण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
8
+1
11

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here