भक्तपुरमा आज बिहान २ वटा फर्निचरमा आगलागी हुँदा लाखौं धनमालको क्षति

0
3681

बैशाख १४, भक्तपुर । भक्तपुरमा आज बिहान भक्तपुर जिल्ला भक्तपुर नगरपालिका २ सानो ब्यासी स्थित बिक्रम जतिको फर्निचरमा आगलागी भएको छ ।

अचानक आगलागी हुँदा सो फर्निचरमा रहेको CNC मेशिन १ थान, कम्प्रेसर मेशिन १ थान, भ्याकुम मेशिन २ वटा, घोडा मेशिन २ वटा, काठ, र प्लाई जलि नष्ट भएको छ ।
साथै सोही फर्निचर सँगै नजिक रहेको प्रेम गुलुको फर्निचरमा समेत आगो सल्किदा सो फर्निचरमा रहेको काठ, प्लाई, घोडा मेशिन १ थान पुणर्रुपमा जलि नष्ट भएको साथै फर्निचर सँगै रहेको जुजुमान गुलुको घरको झ्याल, धारा, पाइपमा समेत क्षती पुगेको छ ।


बिहान साढे ३ बजेबाट आगलागी सुरु भएपछि जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुर का २ वटा दमकलले आगलागी नियन्त्रण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
14

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here