बंशगोपालमा बजार अनुगमन, अधिकांश पसलमा लेवल नराखी विक्रि वितरण

0
1178

बैशाख १३, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बंशगोपालमा खाद्य पसल अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको सामानहरु भेटिएको र अधिकांश पसलमा खाद्य अनुज्ञापत्र विना खाद्य सामान प्याकेजिङ गरी लेवल नराखी विक्रि वितरण गरेको पाइएको संयोजक गोराले बताउनुभयो ।
बाराही किराना पसलमा साईनबोर्ड राख्न, मुल्य सुचि राख्न, ढक तराजु नविकरण गर्न, खाद्य अनुज्ञापत्र पत्र लिई लेवल राखी मात्र प्याकेजिङ सामान विक्रि वितरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु क्वीक्स् १५ पाकेट, मंगलम आटा १ पाकेट जफत गरी नष्ट गरियो ।
बाराही कस्मेटिकमा म्याद नाघेको मिग्लो, कोलेजन र जोन्सन लोसन एक एक वटा जफत गरी नष्ट गरी उत्पादन मिति नभएको मल्टेनि केशर बेचविखन नगर्न निर्देशन दियो ।
आहा कलेक्सनमा म्याद नाघेको भ्यासिलिन १२ वटा, जिन्जर हेयर कन्डिस्नर २ र ग्लिसिन २ वटा जफत गरी नष्ट गरियो ।
अजिमा स्टार मार्केटमा पसल नविकरण गर्न, खाद्य अनुज्ञापत्र पत्र लिई लेवल राखी मात्र प्याकेजि· सामान विक्रि वितरण गर्न म्याद नाघेको सामानहरु विएमसी मसला १, कोलगेट टुथपेष्ट १, किन्ले सोडा २, ड्यू सानो १ वटा, मायोज्नाईज सस् १ र तराजु नविकरण गर्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
राज्य स्टोर म्याद नाघेको टुपिएम चिजबल्लस् १४ पाकेट, लेय्ज ६ पाकेट जफत गरी नष्ट गरियो भने सरसफाईमा ध्यान दिन निर्देशन दियो । लक्ष्मी नारायण किराना स्टोरमा न्यू चाउचाउ उत्पादन मिति नभएकोले नलिन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्यहरु श्यामकृष्ण खत्री, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सुक बहादुर तामा·, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, उद्योग बाणिज्य संघ भक्तपुरका विश्वराम दुवाल र राष्ट्रिय उपभोक्ता मञ्चका लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
2
+1
1
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here