Thursday, January 16, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home स्वास्थ्य अभिभावक तथा समुदाय लक्षित स्वास्थ्य परिक्षण कार्यक्रम गर्दै श्री गणेश मावि, छालिङ

अभिभावक तथा समुदाय लक्षित स्वास्थ्य परिक्षण कार्यक्रम गर्दै श्री गणेश मावि, छालिङ

बैशाख ११, भक्तपुर । चाङगुनारायण नगरपालिका स्थित श्री गणेश मावि छालिङ, भक्तपुरको आयोजनामा अभिभावक तथा समुदाय लक्षित कार्यक्रम अन्तर्गत रक्तचाप तथा मधुमेह (सुगर) रोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम चालु रहेको छ ।

मंगलबार बिहान ७ बजेदेखि ९ बजेसम्म भएको विद्यालयको सातौ चरणको कार्यक्रम थापा टोल [कृष्ण थापा (सानु)को घर] मा भएको स्वास्थ्य परीक्षणमा ८४ जना महानुभावहरूले सेवा लिएकाे विद्यालयले जनाएकाे छ ।

विद्यालय नर्स सरला न्यौपानेले सहजीकरण गरिएकाे परिक्षण कार्यक्रम हालसम्म स्वास्थ्य परिक्षण कार्यक्रममा गुडी, दथेपुथे र गैडा टोलमा १०३ जना, कालिटार र गुसिटार टोलमा १३६ जना, भाजु भैरब र कुनौटा टोलमा १०९ जनाले सेवा लिइसकेकाे बताइएकाे छ ।

२०८० चैत २२ गते देखि सुरु भएको स्वास्थ्य परिक्षण कार्यक्रम अभिभावक र समुदाय लक्षित कार्यक्रम अन्तर्गत आगामी बैशाख १३ गते पाइपलाइनमा हुने विद्यालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments