भक्तपुरमा गाई फार्ममा आगलागी हुँदा दर्जनभन्दा पशुचौपाया आगलागीमा परे

0
7174

बैशाख ११, भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर १, तर्खगाल स्थित स्थानीय ईश्वर न्यौपानेले संचालन गरेको ॐ साई गाई फर्ममा अचानक आगलागी दर्जनभन्दा बढी पशुचौपायामा क्षति पुगेको छ ।

आज विहान भएको आगलागीमा दुहुनो गाई -९, दुहुनो भैंसी-१, कोरली बाछि -२, बाछो- ३, भैसिको पाडो-१ सहित फर्म जलेर नष्ट भएको छ ।  आगो लागेको स्थानमा स्थानीय प्रहरी, जुद्ध बारुण यन्त्र भक्तपुरको टोली तथा स्थानीयको सहयोगमा आगलागी भएको करिब २ घण्टा पछि आगो नियन्त्रणमा लिइएको जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।

photo : Ashok KC Chhetri

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
35

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here