बैशाख १० । राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का बनाउने मेशिन निर्माण गरेको छ। केन्द्रले यसको मूल्य १८ लाख नेपाली रुपैयाँ (भ्याट बाहेक) तोकेको छ।

आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनका अनुसार यसमा ८ वटा मेशिनहरुको सेट रहेको सामाजिल संजालमा जानकारी दिएका छन् । नेपालको परिवेश अनुसार यसको मूल्य महँगो नभएको उनको भनाई छ ।

सामाजिक संजालमा साझा गर्दै उनले भारतमा बनेको यस्तै मशिन नेपालमा ल्याउँदा सबै कर र ढुवानी लगाएर २५ लाख रुपैंया जति लाग्ने रराष्ट्रिय आविष्कार केन्द्रमा बनेको उक्त मशिन खरिद गर्दा एक बर्षको पुरा ग्यारेन्टी पनि हुने पनि उनले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1


















