४४ औं शिक्षक दिवसको अवसरमा शिक्षक भेला तथा प्रवचन कार्यक्रम

0
403

चैत २८, भक्तपुर । आधारभूत विद्यालय समिति भक्तपुरको आयोजनामा ४४ आैं शिक्षक दिवसको अवसरमा बुधबार शिक्षक भेला तथा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्राध्यापक समाजका अध्यक्ष तथा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाइँले साना बालबालिकाका लागि अक्षर चिनाउन विशेष र महत्त्वपूर्ण भूमिका निभाउने आधारभूत तहका शिक्षकहरूलाई कमजोर, नजान्ने भनी फरक दृष्टिकोण राख्न नहुने बताउँदै नयाँ पुस्तालाई छलफल र विचारको माध्यमबाट प्रशिक्षित गर्नुपर्ने बताउनुभयो ।

उहाँले जात्रापर्वको सांस्कृतिक पक्षहरूलाई वैज्ञानिक तथा भाैतिकवादी राखी स्थानीय स्रोत साधनहरुको उपयोग र उत्पादनमा नयाँ पुस्तामाझ शिक्षण सिकाईबाट देशको कुनाकन्दरामा गुणस्तरीय सेवा पुग्ने बताउनुभयो ।

सोही कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले नेपाल राष्ट्रिय शिक्षक संघको गठन र त्यसको पेशागत उपलब्धि तथा नेपाल क्रान्तिकारी शिक्षक संघको भूमिका बारेमा जानकारी दिँदै वर्तमान शिक्षा विधेयक पुनः लेखन हुनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला तथा नगर समितिका अध्यक्ष एवम् गणेश माविका प्रअ गणेशराम थुसाले वर्तमान शिक्षा विधेयकमा शिक्षकको माैलिक तथा राजनीतिक अधिकारलाई कुण्ठित गरेको बताउँदै शिक्षकले पद पैसा र नातावादको स्वार्थ त्यागेर देश र जनताको लागि शिक्षण सहित राजनीतिमा होमिनुपर्ने बताउनुभयो ।

आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष तथा भीम आदर्श आधारभूत विद्यालयका प्रअ दीपक माकले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने मञ्चको रुपमा आधारभूत समितिले समयसमयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको र शिक्षकहरूको क्षमता अभिवृद्धिकाे लागि सामाजिक व्यवहार र पेशाप्रति लगनशीलता बढाउन छलफल र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

आधारभूत विद्यालय समिति भक्तपुरको पहिलो कार्यक्रमको रूपमा रहेको शिक्षक दिवस कार्यक्रममा समितिका सचिव सुर्यबहादुर फोजू लगायतले बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here