प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिताका सेमिफाइनलका खेलहरु सुरु

0
275

चैत २८, चितवन । प्रथम अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ्ग प्रतियोगिता संयोजक धनकुमार मैनालीको संयोजकत्वमा तेश्रोे दिन भएको सेमि फाइनलहरुमा महिलाको ४८ केजि तौल समुहमा लुम्बीनीका प्रदेशका मन्दिरा पौडेल विरुद्ध सुदुर पश्चिमका बिनिता जैसि बीच भएको खेलमा वाक ओभरको आधारमा मन्दिर पौडेलले जित हासिल गर्यो । ५४ केजिमा बामगतीका रक्षा जिसि बिरुद्ध कर्णालीका अन्जनी तेलीलेले युनिनमस डिसिजनको आधारमा जित्यो । त्यस्तै कर्णालीका तुल्सी भण्डारीलाई कोशीका नारिका राईले आरएससि आवट क्लासमा जित हासिल गर्यो । त्यस्तै ५७ केजिमा बागमतीका पेमा शेर्पाले मद्येका अंशु केसिलाई ५ः० अंकले पराजित गर्यो । त्यस्ते मद्येशका निश्मा गुरुङ्गलाई कोशीका जोनु लिम्बुले ४ः१ अंकको आधारमा जित्यो । त्यस्तै कर्णालीका अलिना गुर्बाजूलाई बागमतीका नतिशा रानामगरले ३ः२ अंको आधारमा विजय हासिल गरेको बागमती प्रदेश बक्सिङ संघका सचिब रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।



पुरुषहरुको खेलामा ४८ केजिमा गण्डकीका राजेश पाण्डेलाई लुम्बिनीका विशेष बुढा मगरले आरएससि आवट क्लासमा जित हासिल गर्यो । कर्णालीका मोहन गुरुङ्गलाई बागमतीका मोहन गुरुङ्गले ५ः० अकमा जित्यो । त्यस्तै ५१ केजिमा बागमतीका लाल प्रसाद उप्रेतिले कर्णालीका लक्ष्मण राईलाई४ः१ अंकमा हरायो । त्यस्तै कोशीका कोशीका उपेन राईलाई लुम्बीनीका भरत पुन मगरले ५ः० अकले जित्यो । ५४केजिमा लुम्बिनीका देवेन्द्र डाँगीलाई कोशीका डम्बर बहादुर श्रेष्ठले आरएससि आवट क्लासमा जित हासिल गर्यो । त्यस्तै कर्णालीका जीवन कुमार पुनलाई बागमतीका मदनकृष्ण डगोलले आरएससि आउट क्लासको आधारामा विजय हासिल गरे । त्यस्तै ५७ केजिमा गण्डकीका चन्द्र बहादुर थापालाई कर्णालीका प्रवल उप्रेतिले ५ः० अंकले जित्यो । त्यस्तै कोशीका बल बहादुर पुनलाई बागमतीका निरञ्जन मोक्तानले ५ः० अंकले जित्यो । त्यस्तै ६० केजिमा लुम्बिनीका अनिल कुमार पुनमगरलाई कोशीका सिंघबीर लिम्बुले ४ः१ अंकले जित्यो । त्यस्तै गण्डकीका निश्चल गुरु·ले कर्णालीका सागर श्रेष्ठलाई ५ः० अंकले जित्यो । त्यस्तै ६३.५ केजिमा लुम्बिनीका अमर भुषाललाई कोशीका एक्लिस शाहीले ५ः० अंकले जित्यो । त्यस्तै बागमतीका शोहन राईलाई सुदुर पश्चिमका महेन्द्र चन्दले ३ः२ अंकले जित्यो । त्यस्तै ६७ केजिका बागमतीका दिनेश लामालाई कर्णालीका प्रशान्त सुब्बाले आरएससि आउट क्लासको आधारमा जित्यो । त्यस्तै गण्डकीका आयुष तामाङलाई सुदुर पश्चिमका नबिन जाग्रीले ५ः० अंकले जित्यो त्यस्तै ७१ केजिमा सुदुर पश्चिमका भरत चन्दलाई गण्डकीका निशान गुरु·ले ४ः१ अंकमा विजय हासिल गरे । त्यस्तै कोशीका तोबिन प्रधानलाई बागमतीका आश्विन धिरण श्रेष्ठले ५ः० ले जित्यो । त्यस्तै ७५ केजिमा मद्येशका कासा· तामा·लाई गण्डकीका टार्जन धर्तिमगरले आरएससि आउट क्लासको आधारमा जित्यो । त्यस्तै कोशीका प्रशान्त दाहालले बागमतीका मेलिस लामालाई ५ः० अंकले जित हासिल गर्यो । त्यस्तै ८० केजिमा गण्डकीका यम बहादुर केसिलाई बागमतीका प्रशा· शेर्पाले एबिडिमा जित्यो । त्यस्तै मद्येशका सन्तोष खत्रीलाई सुदुर पश्चिमका बाला रावलले ५ः० अंकले जित्यो । त्यस्तै ८६ केजिमा मद्येशका बिजय बाटालाई लुम्बिनीका प्रशान थापाले वाक ओभरमा जित्यो । त्यस्तै गण्डकीका किरण विकले बागमतीका उमंग महर्जनलाई आरएससि आउट क्लासको आधारमा जित्यो । त्यस्तै ९२ केजिमा कोशीका हेमचन्द्र राईलाई बागमतीका प्रदिप तामाङले एबिडि आउट क्लासको आधारमा जित्यो । गण्डकीका सुनिल श्रेष्ठले सुदुर पश्चिमका आशुतोष पचेरालाई आरएससि आउट क्लासमा जित्यो । त्यस्तै ९२ केजि माथिको तौलमा लुम्बिनीका सुजन थापामगरलाई बागमतीका करण तामाङले एबिडि आउट क्लासमा जित्यो । त्यस्तै इसाक जनक शाहीले गण्डकीका सुदिप गुरु·लाई आरएससि आउट क्लासको आधारमा जित हसिल गरेको बागमती प्रदेश बक्सिङ संघका सचिब रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here