चोभार गल्छी काट्न (फराकिलो पार्न) हुदैन भन्ने मुख्य कारणहरू:
१. भूगर्भीय र वातावरणीय क्षति
- चोभार गल्छी हजारौं वर्षदेखि प्राकृतिक रूपमा बनेको बागमती नदीको निकास हो। यसलाई कृत्रिम रूपमा काट्दा उपत्यकाभित्र र बाहिर दुबै तर्फ बाढी वा जल असन्तुलनको खतरा हुन सक्छ। यसले भूमिगत जल स्रोतहरू (aquifer) मा असर पुर्याउन सक्छ।
२. सांस्कृतिक र धार्मिक महत्त्व
चोभार दोभान मञ्जुश्रीले उपत्यकाको ताल खनेर निकास बनाएको पौराणिक कथासँग जोडिएको छ। यहाँको आदिनाथ लोकश्वर मन्दिर लगायत धेरै धार्मिक स्थलहरू र गुफा हरु छन्। यस्तो स्थलमा हस्तक्षेप गर्दा हाम्रो सांस्कृतिक पहिचान र धार्मिक पर्यटनमा क्षति हुनसक्छ।
३. जैविक विविधताको क्षति
चोभार र वरिपरिका क्षेत्रहरू पक्षी (सो क्षेत्रमा १०० बढी चरा प्रजातिहरु छन् भन्ने प्रतिवेदन छन्), वनस्पति र अन्य जीवजन्तुहरूको लागि महत्त्वपूर्ण बासस्थान हुन्। यस्तो क्षेत्र विनाश हुँदा स्थानीय जीवजन्तु लोप हुने सम्भावना हुन्छ।
४. वैकल्पिक उपायहरू
- उपत्यकाभित्र बाढी नियन्त्रण गर्न संवेदनशील माथि देखि तल सम्म नदी क्षेत्र संरक्षण, शहर योजना निर्माण, नदी पुनःस्थापना योजना निर्माण, सामुदायिक पोखरीहरु निर्माण र संरक्षण, वर्षा पानी संकलन, हरित क्षेत्र संरक्षण निर्माण
चोभार दोभान काट्नु केवल ‘पानी बग्ने’ मार्ग होइन, यो हाम्रो भूगर्भीय इतिहास, सांस्कृतिक सम्पदा र पारिस्थितिक विविधताको प्रतीक हो। त्यसैले यसलाई काट्नु वर्तमान र भावी पुस्ताका लागि अविवेकी निर्णय ठहरिन सक्छ।
लेख साभार : कमल राज गोसाईको फेसबुक वालबाट


















