आज भक्तपुरकाे नःपुखुमा सम्यक भोजन दान हुने

0
297

आज माघ १ गते सम्यक भोजन दान हुने दिन । भक्तपुरमा सम्यक भोजन दानपर्व ने.सं. ७८७ सालमा भक्तपुर चतुर्ब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको थियो । उहाँले सम्यक दान आयोजना गरिएको स्थान भनपा वडा नं. १ इटाछेस्थित थथुबही ( जयकीर्ति महाविहार) हो । त्यस समयमा थथुबही जीर्ण भएको हुँदा जयरत्नले जीर्णोद्धार गरी थथुबहीको दुईतिर पाटीसहित मूल प्रवेशद्वार र त्यसको भित्रपट्टि एक चैत्यको निर्माण गरी स्थापना गर्नुभएको थियो । उहाँले सम्यक दानपर्व नियमितरूपमा प्रत्येक वर्ष सम्यक दानपर्व आयोजना गर्न करिब ३६० रोपनी जग्गाको आयस्ता व्यवस्था गरिएको थियो । जयरत्नपछि उहाँका छोराहरू जयमुनि, जयधर्म, जयचन्द्र र नाति पूर्णराजले भव्यरूपमा सम्यक दानपर्व आयोजना गरी सुवर्ण दीपङ्कर स्थापना गरिएको थियो । नियमितरूपमा सम्यक दानपर्वको लागि व्यवस्था गरिएको ३६० रोपनी जग्गामध्ये करिब २० रोपनीमात्र जग्गा बाँकी रहने गरी राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको शासनकालदेखि विभिन्न समयमा जग्गा अधिकरण गरिएको थियो ।

भक्तपुरमा प्रत्येक वर्ष सम्यक भोजन दान गरिने स्थल नःपुखु ( गुहृय पोखरी) को पश्चिम जयकीर्ति महाविहार, थथुबहीको परिसर भुइँख्यल क्षेत्र हो । सङ्घ भोजन दान गर्न प्रयोग गरिने क्षेत्र / जमीनलाई भोजन गराइने क्षेत्र भएकोले नै उक्त परिसरलाई भुइँखेल (नेपालभाषामा भुइख्यः) भनिन्छ । यस क्षेत्रलाई सुरक्षित गर्न चारैतिर पर्खालले घेरिएको थियो । यसको प्रमाण आज पनि पर्खालको जगका अवशेषहरू भेटिन्छन् । यो भुइँखेल क्षेत्र ने. सं. १०४४ सालमा भक्तपुर क्वाठण्डौ विश्वकर्माछें टोलका शाक्यभिक्षु जुजुरत्नले ऐच्छिक सम्यक दान आयोजना गर्दा भक्तपुरका प्रमुख पाँच दीपङ्करहरू, सुवर्ण देवतासहित लोकेश्वर, देवता लोकेश्वर, स्वयम्भू तथागत, साँखुको बज्रजोगिनि, नमोबुद्ध, जनबहाद्य: बनेपा, पनौती, श्रीखण्डपुर, नाला, साङ्गा, थिमि आदि ठाउँमा रहेका दीपङ्कर तथागतहरू उपस्थित गराई थथुबहीदेखि तः पुखु ( सिद्धपोखरी ) को उत्तरको खुला मैदान, थथुबही परिसर नः पुखुको पश्चिमसम्म ( हाल भक्तपुर अस्पताल, नेपाल विद्युत प्राधिकरण, दूर सञ्चार कार्यालय, खानेपानी कार्यालय, सरकारी वकिलको कार्यालय रहेको क्षेत्र) मैदानसम्म दीपङ्कर र अन्य देवताहरूको क्रमबद्ध लाइन रहेको थियो ।

सम्यक दानको दिन भक्तपुरलगायत काठमाडौँ, ललितपुर, सांस्कृतिक पर्वमा क्वाठण्डौ प्रशन बनेपा, साँखु, थिमि आदि ठाउँका महाविहार, साकोथा चतर्ब्रह्म महा बासिन्दाहरू दानमा सहभागी हुने र गोल्मढी मङ्गल धर्मदीप विहार, गुँलाबाजा, दाफा भजन, ज्ञानमाला भजन, धाँबाजालगायतका साङ्गीतिक टोलीको प्रदर्शनीसमेत हुने भएकोले प्रत्येक वर्ष मनाइने माघ सङ्क्रान्तिका दिन सम्यक दान आफ्नै मौलिक पर्व मानिन्छ ।

महेन्द्रराज शाक्य, ख्वप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here