माघ १, भक्तपुर । नेपाल सरकार, गृह मन्त्रालयले नेपालमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् नेपाल सम्वत सरकारी कार्यालयहरुमा प्रयोग गर्न पत्राचार गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट सम्वत् ११४४ देखि विक्रम सम्वत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्ने निर्णय भएको पत्रमा उल्लेख छ
मन्त्रालयले नेपाल सम्वतको प्रयोग गर्दा उल्लेख हुनुपर्ने आधारभूत तिथिमिति सम्बन्धमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट प्राप्त Datepad (वि.सं. २०८० चैत्र मसान्तसम्मको) समेत संलग्न गरिएको छ ।
नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः हुन्। राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए ।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।
गृह मन्त्रालयद्वारा सूचना यस्तो छ ।



















