तःमुंज्या सफल पार्न इन्जिनियरहरुको भेला सम्पन्न

0
347


भक्तपुर, २१ भदौ । ४५औं नेपालभाषा साहित्य तःमुंज्या तथा साँस्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा इन्जिनियरहरको भेला कार्यक्रम सम्पन्न भयो । भेलामा नेपाल मजदुर किसान पार्टी भनसका सदस्य पुरुषोत्तम तमखुले पेशागत रुपमा सफल मानिसले सामाजिक तथा व्यवहारिक ज्ञानमा पनि उत्तिकै ध्यान दिए मात्र वास्तविक सफलता हात पार्ने भएकोले समाजलाई योगदान दिनुपर्ने बताउनु भयो । तःमुंज्याको दबु वास्तविक मजदुर र किसान वर्गको लागि भएकोले यसको सदुपयोग पनि त्यहि वर्गबाट आएका परिवार र जनताले गर्नुपर्ने औल्याउनु भयो । हामीले समाजलाई अगाडी बढाउन सेवा भाव हुनुपर्ने बताउदै राजनीतिक रुपमा सचेत मानिसले असल योगदान गर्न सकिने बताउनु भयो ।
नेपालभाषा साहित्य तःमुंज्या मुल गुठीका सचिव तथा इन्जिनियर समाज नेपालका अध्यक्ष नरेश खत्रीले तःमुंज्या सफल पार्न आर्थिक भौतिक तथा नैतिको सहयोगको आव्हान गर्दै प्राविधिकहरुले पनि देशको भु राजनीतिक अवस्थालाई बुझ्‌नु पर्ने र त्यहि अनुसार देश विकासमा योगदान पुर्‍याउनु पर्ने बताउनु भयो । जनताले कला र विचारको विषयमा अत्यन्त संवेदनशील भएर बुझ्‌नु पर्ने औल्याउदै आकर्षक कलाले दुर्घटना निम्त्याउन सक्ने यदि त्यसको विचार नराम्रो भएको खण्डमा भन्नु भयो ।
४५औं नेपालभाषा साहित्य तःमुंज्याका उपा–अध्यक्ष श्यामसुन्दर मातांले तःमुंज्या जनताको लागि खुल्ला विश्वविद्यालय भएकोले मजदुर किसान वर्गले यस्को उपयोग गर्नुपर्ने बताउनु भयो । ग्वसाखलका सचिव राजन जतिले अहिलेसम्म भएका प्रगति विवरण कार्यक्रममा पेश गर्नुभयो । कार्यक्रममा इन्जिनियरि· समाज नेपाल भनपा वडा नं. २ का अध्यक्ष विजय जति र सविन बासुकलाले पनि बोल्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here