मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक

0
6

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ । गुठीका अनुसार यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ कृतिमध्येबाट अन्तिम चरणका लागि १० कृति छनोट गरिएको हो ।

गुठीले सार्वजनिक गरेको अकारादि क्रमअनुसार उत्कृष्ट १० कृतिमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद रहेका छन् । गुठीले यीमध्ये एक कृतिलाई मदन पुरस्कार–२०८२ अर्पण गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here