छात्रवृत्ति कार्यविधि २०८२ पारित गर्दै भक्तपुर साकोसको २८ औं साधारणसभा सम्पन्न

0
328


भक्तपुर, असोज ४। भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले छात्रवृत्ति कार्यविधि २०८२ पारित गर्दै शनिवार २८ आैं साधारणसभा ब्रम्हायणी पीठमा सम्पन्न गरियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाको सल्लाहकार लक्ष्मीनारायण दुवालले राम्रो नेतृत्व भएका पदाधिकारी र सदस्यहरूको योगदानअनुरुप देशकै नमुना सहकारी भएको बताउँदै अति भ्रष्टाचार, अनियमितताको विरुद्ध जेनजीको शान्तिपूर्ण आन्दोलनमा सरकारका विपक्षीले घुसपैठ गर्दा मानवीय क्षति र अन्य विध्वंस मच्चिएको बताउनुभयो ।
उहाँले परिवर्तनको ससाना बालबालिकाको बीभत्स हत्या हुने गरि एनजीओ आईएनजीओमा संलग्न रहेको जेनजी आन्दोलनमा नेपाली सेना, सशस्त्र प्रहरीले बल प्रयोग गर्न नसके बताउँदै अमेरिकी र भारतीय स्वार्थ समूहको तालिमप्राप्त योजनाबद्ध घुसपैठले सिंहदरबार, अदालत, राष्ट्रपति भवनको आगजनी र ध्वस्तमा विदेशी चलखेल तथा तिब्बतका दलाई लामाको शुभकामना रहस्यमय रहेको बताउनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सहकारी आफ्नै स्वनियम तथा सहकार्य अनुसार चल्ने सहकारी संस्थालाई माथिल्लो निकायबाट नियमन अनुगमन हुने सरकारी नीतिले समुदायमा आधारित सहकारी संस्थाका सदस्यलाई समय सुहाउँदो सुविधा दिन चुनाैतिपूर्ण हुने बताउँदै संस्थाको स्थापनादेखि भएको प्रगति र विकासक्रमका बारेमा जानकारी दिनुभयो ।
कार्यक्रमको दोस्रो सत्र बन्दसत्रमा साधारण सदस्यसहितको छलफलबाट सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, संस्थाको विनियम तथा भक्तपुर साकोस छात्रवृत्ति कार्यविधि २०८२ पारित गरियो ।
उक्त साधारणसभाले भक्तपुर जिल्लाको सामुदायिक विद्यालयमा अध्ययनरत संस्थाका सदस्य परिवार लक्षित भक्तपुर साकोस छात्रवृत्तिको लागि रू.१९,५५,५९१ बराबरको कोष छुट्याइएर त्यसको बढीमा ५०% सम्म छात्रवृत्ति प्रदान गर्ने निर्णय पारित गरेको छ ।

photo: balkrishna prajapati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here