नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी संघ भक्तपुर जिल्ला समिति र नेपाल कर्मचारी समाजको संयुक्त आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले पूँजीपति वर्गका मासिनहरु मजदुर आन्दोलन भित्र घुसेर आन्दोलनलाई ठूलो क्षति पु¥याउन सक्नेबारे कर्मचारी समाजका साथीहरु सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले अवसरवाद मजुदर वर्ग भित्रका पूँजीवादी विचार भएको प्रष्ट पार्नुहुँदै व्यापक जनताको हित हुने राजनैतिक व्यवस्था नै समाजवाद हो भन्नुभयो ।
अहिलेका देशका ठूला र नया“ पार्टीहरुले देश र जनताको पक्षमा कार्य गरिरहेको नदेखिएको बताउनुहु“दै उहाँले सन् १९५० को असमान सन्धि, गोरखा भर्तिकेन्द्र, एमसीसी, एसपीपी र नागरिकता विधेयक लगायत कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा नबोल्ने र विरोध नगर्ने पार्टीको औचित्य नरहने विचार व्यक्त गर्नुभयो । साथै विगतका मजदुर आन्दोलनबाट पाठ सिक्नुपर्ने बताउनुहु“दै आन्दोलनहरुमा अवसरवादीहरु छिर्न सक्ने भएकोले समाजवादी विचारलाई पछ्याई अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहा“ले कर्मचारीहरुको व्यवहार जनताले नियालीरहने बताउनुहु“दै कर्मचारीहरुको सामाजिक दायित्व हुन्छ र असल, इमानदार र देशभक्त कर्मचारी भएका उदाहरणीय बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशका शासक दलका व्यक्तिहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताउनुहु“दै वैदेशिक ऋण र युवाहरु विदेशिंदा देश जटिल अवस्थामा पुगी आर्थिक संकटतर्पm अगाडि बढेको बताउनुभयो । उहा“ले सरकारमा गएका दलहरुले कार्यकर्ता पोस्ने र पाल्ने कार्य गरिरहेको बताउनुहु“दै कर्मचारीहरुले व्यक्तिगत स्वार्थभन्दा त्यागी अरुभन्दा पृथक रुपमा अगाडि बढ्नुपर्ने र आप्mनो छुट्टै पहिचान बढाउन अझ इमानदारीपूर्वक सेवाको भावनाले समर्पित भएर कार्य गर्दे जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल नगरपालिका संघ भक्तपुर नगरपालिकाका अध्यक्ष गौतम लासीवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसको चर्चा गर्नुभएको उक्त कार्यक्रममा नेपाल कर्मचारी समाजका शिवराम धुख्या र दिव्यलक्ष्मी बज्राचार्यले पनि बोल्नुभएको थियो ।