Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home स्वास्थ्य ख्वप अस्पतालबाट प्रसुती सेवा विस्तार गरिदै

ख्वप अस्पतालबाट प्रसुती सेवा विस्तार गरिदै

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल सञ्चालनको दोस्रो वार्षिक कार्यक्रमको आइतबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । सोही अवसर पारेर ख्वप अस्पतालले आजबाट प्रसुति सेवाको विस्तार गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजुक्छेंले समाजवादी सिद्धान्त र मूल्यमान्ताअनुरुप भक्तपुर नगरपालिकाले गर्दै आएको कामको देशका अन्य स्थानीय तहहरुले पनि अनुसरण गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो ।

समाजवादी व्यवस्थाले कुनै एक व्यक्ति वा समूहको मात्र हित गर्ने नभई व्यापक जनताको हकहितमा केन्द्रित हुने हु“दा यो व्यवस्था जनताको लागि स्वर्ग भएको बताउनुभयो ।

शैक्षिक सर्टिफिकेटले मात्र विद्यार्थीहरुको शिक्षाको मापन नहुने बताउ“दै उनीहरु व्यवहारिक पक्षमा पनि निपुण हुन जरुरी रहेको उहा“ले बताउनुभयो ।

सक्षम र योग्य विद्यार्थीहरुले जुनसुकै क्षेत्रमा पनि इमानदारीपूर्वक काम गर्ने बताउ“दै अध्यक्ष बिजुक्छेंले सेवाबाट भाग्ने होइन, आफ्नो पेशामा समर्पित भएर निःस्वार्थपूर्वक काम गर्ने जनशक्तिको खा“चो रहेको औंल्याउनुभयो ।

कामदार वर्गबाट प्रतिनिधित्व गर्ने चिकित्सकहरुले गरिब जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्ने बताउ“दै उहा“ले देश र जनताको हितमा काम गर्ने भावनाले काम गर्न प्रेरित गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले समाजवादी व्यवस्थामा देशका नेता र जनताले एउटै ठाउ“मा समान स्तरका स्वास्थ्य उपचार पाउने व्यवस्था रहने उल्लेख गर्नुभयो ।

भक्तपुर नगरपालिकालाई अस्पताल सञ्चालन तथा विश्वविद्यालय सञ्चालन स्वीकृति दिन सरकारले पूर्वाग्राही ढंगले हेरिरहेको बताउ“दै उहा“ले सरकारले देशभित्रै सबैखालका स्वास्थ्य उपचारको व्यवस्था गरी विदेशमा गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्नतर्फ विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

देशका हरेक पालिकाहरुले नमुना विद्यालय र अस्पताल सञ्चालन गर्नतर्फ जोड दिनुपर्ने बताउ“दै सांसद सुवालले देशको सन्तुलित विकास भए जनताको जीवनयापन सहज हुने बताउनुभयो ।

कृषि उत्पादनहरु बढाई नेपालमै रसायनिक मल कारखाना खोल्नेतर्फको सरकारको ध्यानाकर्षण गराउ“दै उहा“ले भन्नुभयो, ‘काठमाडौं केन्द्रित विकासले गर्दा काठमाडौं उपत्यका अब बस्नलायक सहरको रुपमा रहेन ।’

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले संवेदनशील ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउ“दै ख्वप अस्पताल नाफाको लागि नभई जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्यले स्थापित जनताको अस्पतालको रुपमा सञ्चालन हुने बताउनुभयो ।

उहा“ले जनस्वास्थ्य केन्द्र हु“दै हाल १०० शैय्याको ख्वप अस्पतालको रुपमा सञ्चालन हुनु आफैमा एउटा ठूलो उपलब्धी भएको बताउ“दै ख्वप अस्पतालले आजबाट प्रसुती सेवा सुरु गर्ने उद्घोष गर्नुभयो ।

संकटको बेला जनता आफै अग्रसर भएर सहयोग गर्नु आफैमा राम्रो उदाहरण बनेको बताउ“दै उहा“ले ख्वप अस्पताललाई सुविधासम्पन्न बनाउन आवश्यक जनशक्ति र उपकरणहरु थप्दै लैजाने बताउनुभयो ।

उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालबाट प्रवाहित सेवाबाट सबै समुदाय र वर्गका बिरामीहरु लाभान्वित भएको बताउ“दै नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरुबाट देशैभरिका विद्यार्थीहरुले सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिलेको बताउनुभयो ।

भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्य रहेको बताउ“दै उहा“ले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको दीर्घकालीन उद्देश्य रहेको बताउनुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाईरेक्टर डा. मजेश प्रताप मल्लले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेमकिपाका अग्रजहरुले बलियो जग राखेकै कारण आज १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्न सक्षम भएको बताउ“दै अस्पतालले थप सेवा तथा सुविधाहरु उपलब्ध गराउ“दै जाने बताउनुभयो ।

ख्वप अस्पताल ईन्टरनल मेडिसिन डा. अमर प्रजापतिले कोभिड रोकथाममा ख्वप अस्पतालबाट भएका विविध गतिविधि र हालको कोभिड तथा डेंगु संक्रमित बिरामीहरुको उपचार तथा अवस्थाबारे जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले अस्पताल सञ्चालनको उद्देश्यमाथि प्रष्ट पार्नुभएको थियो भने सामुदायिक आ“खा केन्द्रका इन्चार्ज धिरज अधिकारीले आ“खा अस्पतालबाट प्रवाहित सेवा र प्रगति विवरण प्रस्तुत तथा ख्वप अस्पतालका बरिष्ठ मेडिकल अफिसर डा. रत्नसुन्दर लासिवाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैमा धन्यवादज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments