Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home अन्य दूध कसरी पिउने ? आयुर्वेदका अनुसार दूध पिउने ६ नियमहरु के के...

दूध कसरी पिउने ? आयुर्वेदका अनुसार दूध पिउने ६ नियमहरु के के हुन् ?

१. चिनी नराखी पिउनुस् दूधः अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन् । तर, आयुर्वेदका अनुसार रात चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ । बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस् ।
२. ताजा दूध नै पिउनुस शहरका बासिन्दा प्याकेटको दूध पिउछन् । तर, प्याकेटवाला दूध न ताजा हुन्छ, न जैबिक नै। ताजा, जैविक र हर्मोन नमिसाइएको दूध सबैभन्दा राम्रो हुन्छ । त्यसैले सकेसम्म प्याकेटवाला दूध नपिएकै राम्रो । डीएम
३. काँचो दूध नपिउनुस् केही मानिसहरु काँचै दूध पनि पिउँछन् । तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैन । आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ । दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ ।
४. दूधमा ल्वाङ वा अलैंची मिसाउनुस्ः जसलाई दूध नपच्ने समस्या छ, उनीहरुका लागि अर्को तरिका पनि छ । दूधमा एक चिम्टी अदुवा, ल्वाङ, अलैंची, केसर, दालचिनी या जाइफल मिसाउनाले पेटमा अतिरिक्त गर्मी बढ्छ, जसको मद्दतबाट दूध सजिलै पच्छ पनि ।
५. दूध र केसर मिसाएर खाँदा राम्रोः यदि कुनै अवस्थामा रातिको खाना खाइएको छैन भने एक चिम्टी जाइफल या केसर हालेर पिउनुस् । यसबाट निद्रा पनि राम्रोसंग पर्छ र शरीरलाई ऊर्जा पनि प्राप्त हुन्छ।
६. नुनिलो चिज तथा माछा मासुसंगै दूध पिउनुहुन्नः आयुर्वेदका अनुसार कुनै पनि प्रकारको नुनिलो चिजका साथ दूध पिउनुहुन्न । क्रिम सुप या चिजसंगै दूध नखानुस् । यस्तै, दूधका साथ अमिलो फल तथा माछा मासुका साथ खानुहुन्न । दूध र माछाको सेवनले छालामा समस्या आउने आयुर्वेदको मान्यता छ । दूध र मासु सेवन गर्दा पनि समस्या हुन्छ । अमिलो चिज र दूध एकसाथ खानाले शरीरमा रियाक्सन हुन्छ । (अनूदित सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments