चितुवा किन दौडिएन ?

0
294

एकपटक कुकुरहरुकाे दौडमा एउटा चितुवालाई पनि समावेश गरियो। तर जब दाैडकाे प्रतियोगिता सुरु भयो चितुवा आफ्नो ठाउँबाट हल्लिएन। कुकुरहरूले आ-आफ्नो दौड सुरु गरे,उत्कृष्ट प्रयासले प्रतियोगिता जित्ने कोसिस गरे। चितुवा हेरिरह्यो मात्रै।

मालिकले चितुवालाई तिमी किन दौडिएनाै भनेर सोधे, चितुवाले

रोचक जवाफ दियो: “कहिलेकाहीं आफुलाई उत्कृष्ट साबित गर्नु वास्तवमा आफ्नै अपमान हो। सबैतिर आफूलाई प्रमाणित गर्न आवश्यक छैन। केही मानिसहरूको अगाडि मौनता सबैभन्दा राम्रो जवाफ हो। कुकुरहरू कुकुरहरूसँग दौडन्छन चितुवा चितुवासग दौडने हाे ! आफूलाई उत्कृष्ट साबित गर्न चितुवाले कुकुरहरूसँग प्रतिस्पर्धा गर्नु आवश्यक छैन। चुप लागेर बस्नु नै राम्रो हुन्छ। किनभने स्तर नमिल्ने प्रतियोगितामा भाग लिनु आफ्नै अपमान गर्नु हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here