रमेश गिरी
भक्तपुर, असार २१ । नगरकोट भ्रमण वर्षका अवसरमा विश्व सम्पदा सूर्चीँमा सुचिकृत चाँगुनारायण मन्दिरमा ‘चित्रकला कार्यशाला’ को आयोजना गरेको छ ।
चाँगुनारायण नगरपालिका अन्तर्गत नगरकोट भ्रमण वर्ष—२०८२ सचिवालयले आयोजना गरेको कार्यशालाको आज नगर प्रमुख जीवन खत्रीले कलाकारहरुलाई क्यान्भास र रंग हस्तान्तरण गर्दै कार्यशाला शुभारम्भ गर्नु भएको हो ।
नेपालकै पुरानो ऐतिहासिक संरचना र धार्मिक धरोहरका रुपमा रहेको चाँगुनारायण र यहाँको सम्पदालाई विश्वमाझ पुर्याउँदै विश्वका पर्यटकको पहिलो रोजाई बनाउन नगरपालिकाले भ्रमण वर्ष आयोजना गरेको नगर प्रमुख खत्रीले बताउनुभयो । चाँगुनारायणको कला, धार्मिक सम्पदा, ऐतिहासिक धरोहरलाई, यहाँका अनगिन्ती पर्यटकीय गन्तव्यलाई विश्व माफ फैलाउन भ्रमण वर्ष सफल हुने बताउनुभयो ।
चाँगुनारायण नगरपालिकालाई सम्बृद्ध, विकासको आधारशिला खडा गर्दै अभिलेखीकरण गर्ने र दस्तावज राख्ने कार्यलाई अगाडि बढाउदै चाँगुनारायणलाई सबैको सुन्दर बगैचाको रुपमा किास गर्दै इतिहासदेखि भविश्यसम्मकै पहिचानलाई कला र साहित्यमा उतार्न सम्मेलन सफल हुने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भन्नुभयो, “समाजमा विकास र स्थानीयको मुहारमा मुस्कान ल्याउँदै सकारात्मक सोचका रुपमा अगाडि बढाउन हामी लागिरहेका छौँ । आज क्यान्भासमा साहित्लाई उतार्दै कला र साहित्यको फ्युजन गरिरहेका छौं ।”
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले चाँगुनारायण मन्दिर परिषरमा भएको चित्रकला कार्यशालाले यहाँको पहिचानलाई विश्वमाझ फैलाउने बताउनुभयो । उहाँले नगरकोट भ्रमण वर्षले चाँगुनारायणका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्वमाझ पुर्याउने बताउदै ओझेलमा परेका सम्पदालाई आम नागरिक र पर्यटक माझ पुग्ने बताउनुभयो ।
कार्यक्रममा नगरकोट भ्रमण वर्ष—२०८२ सचिवालयका सदस्य सचिव एवं पर्यटन शाखाका प्रमुख गोविन्द कट्टेलले २३ जना कलाकारले चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका सम्पदाहरुलाई क्यान्भासमा उतारेको बताउनुभयो । कलाकारले बनाएका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको चित्रलाई नगरपालिकालले अपनत्व ग्रहण गर्दै संग्रहालयका रुपमा बिकास गर्ने बताउनुभयो ।
कार्यशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त चित्रकार अर्थात कलाकारहरुले चाँगुनारायण नगरक्षेत्रको २३ वटा प्रसिद्ध धार्मिक एवं पर्यटकीय सम्पदाहरु चित्र क्यान्भासमा उतार्नु भएको छ ।
नगरकोट भ्रमण वर्षका अवसरमा चाँगुनारायण मन्दिरमा चित्रकला कार्यशाला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
RELATED ARTICLES