बनेपा–नाला–भक्तपुर वैकल्पिक सडक ठप्प

0
300

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडक खण्ड निर्माणको क्रममा अवरुद्ध रहेको बेला वैकल्पिक मार्ग बनेपा–नाला–भक्तपुर सडक पनि अवरुद्ध भएको छ।

बनेपा नगरपालिका–१ र ४ को सीमामा पर्ने पुण्यमाता खोलाको पुल शुक्रबार राति भाँचिएपछि सडकमा पूर्णरूपमा आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख प्रदीप खत्रीले जानकारी दिए।

पुल भत्किएपछि यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा गम्भीर समस्या परेको छ भने सवारीसाधनहरू वैकल्पिक वैकल्पिक मार्ग खोज्न बाध्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here