दधिकोटमा महिला लक्षित ५ दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु

0
237

भक्तपुर, जेठ १२ । सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटमा आर्थिक वर्ष २०८१/२०८२ को महिला लक्षित कार्यक्रमअन्तर्गत पाँच दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। कार्यक्रम २०८२ साल जेठ १२ गतेबाट विधिवत रूपमा सुरु गरिएको हो।

उक्त तालिम दधिकोट क्षेत्रका महिलाहरूको सीप विकास तथा आत्मनिर्भरताको लक्ष्यसहित आयोजना गरिएको हो। स्थानीय स्तरमा महिलाहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्षको भनाइ छ।

तालिममा विभिन्न व्यावसायिक तथा उत्पादनमुखी सीपहरूमा प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्। सहभागी महिलाहरूले कार्यक्रममार्फत सिकेका सीपलाई भविष्यमा स्वरोजगारमा रूपान्तरण गर्न सक्ने विश्वास लिइएको छ।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधि, प्रशिक्षक, सहभागी महिला समूह र विभिन्न स्थानीय संस्थाहरूको सक्रिय सहभागिता रहेको छ। तालिम आगामी पाँच दिनसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here