नव आगन्तुक विद्यार्थीलाई सन्तति आविमा स्वागत तथा छात्रवृत्ति वितरण

0
323

भक्तपुर, जेठ १४ । सिर्जनानगर नपली १ स्थित सन्तति आधारभूत विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधबार सम्पन्न गरियो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले व्यक्तित्व विकासको पहिलो खुटकिलोको रूपमा रहेको सामुदायिक विद्यालयलाई भाैतिक तथा शैक्षिक सुधारको लागि
संविधान अनुसार भक्तपुर नगरपालिका आर्थिक तथा आवश्यक सहयोग गरिरहेका बताउनुभयो ।

प्रमुख अतिथि खत्रीले शिक्षासँगै विविध अतिरिक्त गतिविधि सञ्चालनबाट काम गरि खाने अभिभावक वर्गको सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै जाँदा छिमेकी नगर र वडाका अभिभावक सामुदायिक विद्यालयप्रति रूचि बढेको बताउनुभयो ।

उहाँले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ तथा सरसफाइ र सम्पदा संरक्षण गर्ने क्रममा ऐतिहासिक सामुदायिक विद्यालयको भा‌ैतिक सुधार गरिरहेको बताउँदै समाज परिवर्तनको लागि सेवाको भावना अनुरुप भाैतिकवादी दृष्टिकोण अनुसार व्यवहार गर्न शिक्षकहरूले विद्यार्थीहरूलाई अभिप्रेरित गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यार्थीको शैक्षिक भविष्य निर्माणको आधारशिलाका जगहरु विद्यार्थी माझ प्रशारित गर्नु शिक्षकहरूको दायित्व भएको बताउँदै सीमित स्रोत साधनको अधिकतम प्रयोगले बालमैत्री क्रियाकलाप तथा सिकाई सहजीकरण गर्न पुस्तकालय सञ्चालनको योजना रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यप्रसाद श्रेष्ठले सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढ्दै जाँदा कक्षा वृद्धि र विद्यार्थी व्यवस्थापनको लागि आवश्यक भवनको व्यवस्था र सहयोग गर्ने भक्तपुर नगरपालिका र स्थानीयलाई धन्यवाद दिनुभयो ।

२०८२ को शैक्षिकसत्रको लागि कक्षा १ देखि ७ सम्म भर्ना भएका ९५ विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप विद्यालय पोशाक वितरण तथा बालविकास तहमा भर्ना भएका ५० विद्यार्थीहरुलाई गरिएको उक्त कार्यक्रममा विद्यालय समितिका सदस्य भोजराज बस्नेत तथा विद्यालयका शिक्षकद्वय लक्ष्मी काफ्ले र शारदा कार्की लगायतले बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here