भक्तपुर, जेठ ९ ।
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैकको निर्देशन र मापदण्ड सम्बन्धी छलफल तथा संस्था नगरस्तरीय उत्कृष्ट व्यवसाय पुरस्कार र ६८औं सहकारी दिवसको प्रभातफेरि र्यालीमा उत्कृष्ट सहभागीता पुरस्कारबाट सम्मानित भएको अवसरमा धन्यवाद ज्ञापन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सृजना सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सैंजुले सहकारी संस्था समाजको अभिन्न अड्डको रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा अहम भूमिका खेल्नु पर्ने बताउनु भयो । भक्तपुरको विभिन्न आन्दोलनमध्ये सहकारी आन्दोलनको छुट्टै महत्व रहेको र त्यस्तो आन्दोलन महिला सहभागीताले सफल भएको चर्चा गर्दै नेतृत्वतहमा महिला पुग्नु पर्ने औल्याउनु भयो । समाजवादी देशमा सहकारी आन्दोलनको अन्तर्राष्ट्रिय घटनाक्रमहरुको चर्चा गर्दै लेनिन र माओ त्सेतुड्डबाट ती देशमा नेतृत्वतहले गरेका संघर्षबाट हामीले सिक्नुपर्ने बताउनु भयो । उहा“ले सहकारी र बैंकको भिन्नतालाई औल्याउ“दै बैंक पू“जीपती वर्गको हितको लागि र सहकारी गरिव तथा शोषित पिडित वर्गको हितको लागि संचालन गर्ने बताउनु भयो । तसर्थ समाजवादी राष्ट्र निर्माणका साथै समाजको व्यापक एवं चौतार्फी हितका लागि नै सहकारी संस्था संचालन हुनुपर्ने कुरा स्पष्ट पार्नु भयो ।
भक्तपुर नगरपालिका २ वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाबाट संचालित विभिन्न विकास निर्माण एवं समुदाय हितका लागि भइ रहेका गतिविधिहरुको बारेमा बताउनु भयो । उहा“ले भक्तपुर नपा सबै क्षेत्रमा नमुना हु“दै आएकोले सहकारीलाई पनि नमुनाको रुपमा विकास गर्नका सम्पूर्ण सहकारीकर्मीहरुमा अपिल गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी क्षेत्रमा आएका वर्तमान समस्याहरु र संशोधित सहकारी ऐन, नियमावली तथा राष्ट्र बैंकबाट जारी निर्देशिका र मापडण्द सम्बन्धी जानकारी मूलक प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।
भनपा वडा नं. २ का वडा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले नगरमा सहकारी क्षेत्रको सुधारका लागि पालिकबाट नियमित रुपमा संस्थाहरुको अनुगमन गर्दै आएको र अनुगमनाका क्रममा देखिएका चुनौति एवं सहकारी समस्याहरुको बारेमा जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्थाले स्थापनाकाल देखि नै सदस्य केन्द्रीत विभिन्न शीपमूलक तालिम, प्रशिक्षण कार्यक्रम तथा गोष्ठि, अध्ययन अवलोकन भ्रमण र सा“स्कृतिक बाजागाजा तथा नृत्यको प्रशिक्षण, समुदाय लक्षित सचेतनामूलक विभिन्न गतिविधिहरु संचालन गर्दै आएको कुरा बताउनु भयो । साथै उहा“ले सरकार र राष्ट्र बैंकबाट जारी निर्देशन समुदायमा आधारित सहकारीको हित विपरित रहेको औल्याउदै ऐन नियमावली संशोधनको माग गर्नुभयोे । संस्थाले विभिन्न सहकारीहरुमा देखिएको समस्याहरुको मिहिन विश्लेषण गर्दै सदस्यहरुले सहकारी चिनेर समुदायमा आधारित सहकारीमा मात्र आफ्नो बचत जम्मा गर्नुपर्ने बताउनु भयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धरले पनि बोल्नु भएको थियो ।


















