ललितपुर, जेठ ८ । भक्तपुरमा मेलम्चीको पानी स्थायी वितरण प्रक्रिया अघि बढेको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको बिहीबार बसेको बैठकमा टेन्डरको लागि सूचना समेत प्रकाशित भइसकेको जानकारी दिइएको हो ।
भक्तपुरमा अहिले पुरानै पाइपबाट अस्थायी रुपमा खानेपानी वितरण भइरहेको छ । दोस्रो चरणको पानी वितरण ढिलो हुने देखिएकोले भक्तपुर नपाको आफ्नै खर्चमा पाण्डुबजारदेखि भक्तपुरका विभिन्न ठाउँसम्म पुरानो पाइपमा जोडेर ३ वर्षदेखि विभिन्न चरणमा भक्तपुर नगरमा पानी वितरण भइरहेको छ ।
मेलम्चीको पानी वितरणको लागि नयाँ पाइप जडान गर्ने बेला आगजनी हुने अवस्थामा दमकललाई पानी भर्न मिल्ने फायर हाइड्राइन्ट ठाउँ ठाउँमा राख्ने व्यवस्थ रहेको छ । भक्तपुर नगरभित्र ११९ वटा फायर हाइड्राइन्ट राख्ने योजना रहेको पनि बतायो ।
काठमाडौं र ललितपुरमा मेलम्चीको पानी वितरण नयाँ पाइपबाट भइरहेको छ । त्यहाँ पनि अकस्मात आगजनी भएमा पानीको लागि ठाउँ ठाउँमा फायर हाइड्राइन्ट राखिएको छ । तर विभिन्न निकायबीच समन्वय नहुँदा खानेपानीले राखेका फायर हाइड्राइन्टलाई अर्को निकायले पिच गरेर दोस्रो ढलान गरेर उपयोग गर्न अप्ठेरो पार्ने जस्ता कामहरु भइरहेको पनि बैठकमा उठाइयो ।
बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली २०६४ संशोधन प्रस्तावबारे पनि छलफल गरियो । सरोकारवालाहरुको सुझावपश्चात त्यसलाई पारितको लागि खानेपानी मन्त्रालयमा पठाउने निर्णय गरियो ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष एवम् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बोर्डको बैठक बसेको थियो । बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, किर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललगायत अन्य सदस्यहरुको उपस्थिति थियो ।
भक्तपुरमा मेलम्चीको पानी स्थायी वितरण प्रक्रिया सुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1
RELATED ARTICLES