Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँको निरीक्षण

अध्यक्ष बिजुक्छेँद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँको निरीक्षण

भक्तपुर, जेष्ठ ८ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आज भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार र हाडा छेँ पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेँले कुनै पनि व्यक्ति, समाज र देशको पहिचान त्यस देशको कला, संस्कृति र सम्पदाले दिने बताउँदै स्थानीय कला, संस्कृति र सम्पदालाई जोगाउने काम स्थानीय तहबाट हुनुपर्ने बताउनुभयो ।

कला संस्कृति संरक्षणसँगै देशको पहिचान र अस्तित्व पनि जीवित रहने बताउँदै उहाँले भक्तपुर नपाले अन्य स्थानीय तहलाई अनुकरण गर्नलायक धेरै कामहरु गर्दै आएको बताउनुभयो ।

अरनिको सभाभवन, थन्थु दरबार पुनःनिर्माण जस्ता योजनाहरु भक्तपुरका गौरवका योजना हुन् र यसले भक्तपुरको इतिहासलाई पुनःजीवन दिने अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।

निरीक्षणमा नेमकिपा बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाइँ, नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, प्राविधिक, कर्मचारी र स्थानीय जनताको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments