भक्तपुर । कला र संस्कृतिकाे सहर भक्तपुर सांस्कृतिक सम्पदामा धनी रहेकाे छ । सम्पदा संरक्षणलाई भक्तपुर नगरपालिकाले विगतदेखि नै प्राथमिकता दिदै आएकाे छ । भक्तपुर नगरपालिकाले चालु आ.व. को १० महिनामा मठ १, मन्दिर जीर्णोद्धार ४, पाटी ४, द्योछेँ पुनःनिर्माण÷मर्मत ३, पोखरी १, इनार १, ढुंगेधारा संरक्षण १ र अन्य निर्माण गरी १६ वटा सम्पदा पुनःनिर्माण र जिर्णोद्घार सम्पन्न भयो भने त्यसको लागि रु.४ करोड ८५ लाख ३३ हजार खर्च भएको छ । त्यसैगरी ढुंगेधारा १, मठ १, मन्दिर जीर्णोद्धार ३, पाटी ९, द्योछेँ पुनःनिर्माण÷मर्मत २, पोखरी ५ र अन्य निर्माण २ गरी संख्या २३ वटा सम्पदाहरु पुनःनिर्माण तथा जिर्णोद्धार हुने क्रममा रहेकाे बताइएकाे छ । चालु तथा सम्पन्न गरी कूल संख्या ३९ सम्पदाको जम्मा कूल खर्च ५ करोड ६१ लाख ९७ हजार खर्च भएको छ ।
नपाले पुरानो नगर क्षेत्रभित्र निजी घर र सम्पदा पुनःनिर्माणको लागि माटो जोडाइलाई जोड दिँदै आएकाे छ। प्रसिद्ध थन्थु दरबार, भनपा ९ दत्तात्रयस्थित पुजारी मठ, भनपा ६ स्थित छुमा गणेश द्योछेँलगायतका सम्पदाहरू माटो जोडाइबाट निर्माण कार्य गरिरहेकाे छ।