चाँगुकाे छालिङ्ग स्थित गणेश माविमा विद्यार्थीकाे भर्ना उत्साहजनक

0
481
Ganesh School
Ganesh School

भक्तपुर, जेठ ७ । भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्ग स्थित श्री गणेश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत् कार्यक्रम सम्पन्न भयाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे भक्त फोजूको  प्रमुख आतिथ्यता सम्पन्न  नवागन्तुक विद्यार्थी स्वागत् कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्ने यस विद्यालयको उद्देश्य पूरा गर्न विद्यार्थीहरू अध्ययनशील, अनुशासित र लगनशील हुनुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे- “विद्यार्थीहरूलाई सक्रिय बनाउन शिक्षकहरू पनि सक्रिय हुन आवश्यक छ । विषयगत ज्ञानमा दखल, विभिन्न पुस्तकहरूको  अध्ययन गर्नुपर्ने र शिक्षक एक पूर्ण योजनाकार हुनुपर्ने कुरा बताउनुभयो । अभिभावकले विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक, आवश्यक पोशाक लगायत सन्दर्भ सामग्रीहरूको बन्दोबस्त गरिदिनुको साथसाथै विद्यालयमा नियमित भेटघाट भएको खण्डमा विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्छ ।”

विद्यालयका प्र.अ. इन्द्रबहादुर फोजुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सानुकाजी दथेपुथे  र सुलोचना सुवालले पनि आफ्नो धारणा राख्नुभयो । चाँगुनारायण नगरपालिकाको उत्कृष्ट विद्यालयको रूपमा परिचय बनाउन सफल  श्री गणेश माविमा शैक्षिक सत्र २०८२ मा  भर्ना भएका १३७ जना नयाँ विद्यार्थीहरु भर्ना भएकाे विद्यालय प्रशासनले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here