सन्देश बुलेटिनको “खेलकुद र कर्मचारी” लेख अध्ययन गर्दा

0
149


विद्रोही आर.के.


सन्देश बुलेटिनमा “खेलकुद र कर्मचारी” भन्ने रामकृष्ण प्रजापतिको लेख कर्मचारीहरुको लागि सान्दर्भिक देखिएकोले यो लेख प्रकाशित भएकोमा सन्देश बुलेटिन प्रकाशन टिमलाई पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।
नेपाल कर्मचारी समाज नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन हो । नेपाल मजदुर किसान पार्टी कम्युनिष्ट आन्दोलनको प्रकाशस्तम्भको रुपमा रहेको छ भने पार्टीका श्रद्धय अध्यक्ष नारायनमान अर्थात इमान भन्ने कथनले ख्याती कमाएका नेतृत्वकर्ताको पेशागत संगठनमा रहेका कर्मचारीहरु ट्रेड युनियनवाद भन्दा देश र जनताको सेवा समर्पित हुनुपर्छ त्यसको लागि दिशा निर्देश गर्न यो बुलेटिन मद्दत गर्ने आशा लिन सकिन्छ । साथै देश अनुशासनहिनता, भ्रष्टचार, कमिशन, आर्थिक अनियमितता बढेको बेला कर्मचारीहरुलाई सचेत र संगठित गरी अनुशासित, कर्तव्यनिष्ठ, ईमान्दार कर्मचारीहरुको अपरिहार्यता छ ।
कर्मचारीहरुलाई देश र जनता प्रति उत्तरदायी बनाउनुका साथै सचेत र संगठित गर्नको लागि प्रकाशित भएको संन्देश बुलेटिनले नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन नेपाल कर्मचारी समाजले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, बिचारहरु जनता माझ पुर्‍याई कर्मचारीहरुलाई इमान्दार, असल, अनुशासित र कर्तव्यनिष्ठ बनाउने उद्देश्यले लिएको देखिन्छ ।
सन्देश बुलेटिन बर्ष ५ अंक ५, फागुन २०८१ को यस अंकमा १५ वटा बिषयहरु यस प्रकार रहेको छ । रामकृष्ण प्रजापतिको लेख “खेलकुद र कर्मचारी” रहेको विषयबस्तु समय सार्न्दभिक देखिन्छ ।
यहा“ निर खेलकुद र कर्मचारी भन्ने लेख किन ? भन्ने मेरो अध्ययनको निचोड राख्न चाहन्छु । देशमा हत्या, हिंसा, भ्रष्टाचार बढेको बेला समाजमा भएका विसंगति, विकृतिहरु हटाई शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिकवान एवं व्यवहारिक कर्मचारी आजको आवश्यकता हो । नेपाल मजदुर किसान पार्टीको पेशागत संगठन नेपाल कर्मचारी समाजका सदस्यहरु ट्रेड युनियवाद भन्दा माथि उठेर देश र जनताको सेवा समर्पित हुनु पर्ने कर्मचारी साथीहरु निश्चय पनि हरेक कुरामा अब्वल बन्नु पर्छ । कर्मचारी अब्बल बन्न खेलकुदको आवश्यकतालाई बोध गरी लेखेको देखिन्छ । त्यतिमात्र होइन यसमा कर्मचारीको परिभाषा, कर्मचारी तन्त्र, कर्मचारी प्रशासन, प्रशासन शाखा र विभिन्न प्रकारका कर्मचारी बारे उल्लेख गरेको छ । साथै अब्बल, इमान्दार, असल, अनुशासित र कर्तव्यनिष्ठ कर्मचारी भनेका राष्ट्र कै सम्पत्ति हुन् । यसलाई विगार्ने, नाश गर्ने अधिकार कर्मचारी स्वय्‌मलाई छैन् । यसलाई विगार्न लागि परेका पू“जीवादीहरुको घृणित हतियार लागुपदार्थ, वैश्याबृत्ति र जुवातासले कर्मचारीहरुको काम, शिक्षा, व्यापार, समाजिक कार्यमा असक्षम बनाई दिन्छ साथै अनैतिक कार्यमा सहभागी गराउ“छ । साथै कर्मचारीहरुलाई पू“जीवादी संचार माध्यम टि.भि.च्यानलले दिग्भ्रमित गर्ने, सामाजिक कार्य र सा“स्कृतिक अस्मिता संरक्षणमा बाधा पुर्‍याउने खालको छाडा स“स्कृति, सस्तो मनोरञ्जन, अश्लिलता, व्यभिचार र नग्न चलचित्र जस्ता आत्मघाति संदेश दिने भएकोले आत्महत्यादेखि हत्या लुट एवं बलात्कार र लागुपदार्थ जस्ता जघन्य अपराधमा संलग्न गराउन खोज्छन् । यी पू“जीवादीहरुको घृणित हतियारबाट बचाउन खेलकुद अपरिहार्य छ । त्यसैले खेलको परिभाषा र यसले दिने उर्जा, आत्मबल, स्फूर्ति र छिटोछरिटो काम र चलाख बारेमा लेखमा उल्लेख छ ।
सामान्य नियम स्वस्थ शरीरसंग मात्र स्वस्थ दिमाग हुन्छ । त्यसैले खेलले गर्दा शरीर स्वस्थ र विकास भई दिमाग स्वच्छ र स्वस्थ बनाउ“छ । खेलकुदले कर्मचारीहरुलाई योग्यमात्र बनाउने होइन बरु कर्मचारीहरुलाई आवश्यक थप विषयबस्तुहरुको बारेमा सिकाउने हुन्छ । त्यसले उज्वल भविश्य प्रदान गर्दछ । शारीरिक शक्ति र मानसिक स्फूर्ति थप्छ । खेलकुदमा मौका र साहसले नेतृत्व गर्न प्रोत्साहन दिन्छ र असफलता विनाको राम्रो विजय प्राप्त गर्न सफलता मिल्ने उल्लेख गरेको छ ।
धुवा“, धुलोले वातावरण प्रदुषण भई वातावरण र जलवायु परिवर्तनसंग अनुकुलन बनाउन कर्मचारीहरु शरीर स्वस्थ एवं फूर्तिलो हुनुपर्छ । खाद्य मिसावट जसले गर्दा नया“ रोगहरु लगायत प्राणघातक रोगहरुबाट बच्न र मिसावट र चिल्लो पचाउन शारीरिक व्यायाम आवश्यक बोध बारे उल्लेख गरेको छ ।
वीर, साहसीक, कर्मयोद्धा, जवान, सु–विचार, सु–कर्म र अनुशासित एवं चेतनशील नागरिक जोश जागर र उमंगले भरिएका कर्मचारीहरुको शक्ति एकत्रीत गर्न सकेको खण्डमा राष्ट्र निर्माण र विकास गर्न सकिने र देशको स्वतन्त्रता र भू–अखण्डता जोगाई राख्ने कष्ट साध्य कार्यमा समेत भुमिका रहेको तथ्य स्वय्‌म इतिहास रहेको उल्लेख गरेको छु ।
कर्मचारी र खेलकुद एक अर्कास“ग घनिष्ठ सम्बन्ध रहेकोले कर्मचारीको मानसिक र शारीरिक स्वास्थ्यमा सुधार ल्याउन र कर्मचारीहरूमा सहकार्य, आत्मविश्वास र उत्साहको भावना बृद्धि भई व्यक्तिगत विकास र कार्यालयको समग्र सफलतामा मद्दत पुग्ने उल्लेख गरेको छ ।
देशको सार्वभौमिकता र भू–अखण्डता रक्ष्ँँको निम्ति कर्मचारीहरुको लागि खेलकुद अभिन्न अंगको रुपमा विकास गरी कर्मचारीहरुमा लागु पदार्थ, पू“जीवादी संचार माध्यम र बैदेशिक हस्तक्ष्ँेपबाट बचाउन शारीरिक मानसिकरुपमा स्वस्थ वनाई स्वस्थ प्रतिस्पर्धाबाट राष्ट्रिय र अन्तराष्ट्रिय ख्याति कमाउनुको साथैे जोश, जागर र उमंगले भरिएका कर्मचारीहरुलाई परिश्रमी र परिवर्तन प्रति सचेत नागरिक भावनाको लागि खेलकुद अपरिहार्य छ । खेलकुदको माध्यमवाट कर्मचारीहरुलाई अनुशासित लगनशील, धैर्यवान नागरिक तयार गरी खेलकुद र कर्मचारीहरु संयन्त्रमा भइरहेको बैदेशिक हस्तक्ष्ँेप र पूजीवादी रोगवाट बचाउन खेलकुदमा निरन्तर आवश्यक छ ।
कर्मचारी र खेलकुदको बीचमा सशक्त सम्बन्धले दुवैलाई लाभ पुर्याउ“छ—कर्मचारीको व्यक्तिगत विकास र कार्यालयको समग्र सफलता हुने लेखमा उल्लेख छ ।

                                धन्यवाद !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here