Saturday, July 19, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका भक्तपुर नगरपालिकाद्वारा ख्वप नर्सिङमा शतप्रतिशत उत्तीर्ण : ३६ जना विशिष्ट श्रेणी

भक्तपुर नगरपालिकाद्वारा ख्वप नर्सिङमा शतप्रतिशत उत्तीर्ण : ३६ जना विशिष्ट श्रेणी


भक्तपुर, वैशाख १६ ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ दोस्रो वर्षको परीक्षाको नतिजा हालै प्रकाशन गरेको छ । परिषद्ले २०८१ मा लिएको नर्सिङ दोस्रो वर्षको परीक्षा नतिजा प्रकाशन गरेको हो ।
उक्त परीक्षामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले शतप्रतिशत सफल नतिजा हासिल गरेको छ ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट नर्सिङ दोस्रो वर्षको परीक्षामा कुल ३९ जनाले परीक्षा दिएकोमा परीक्षामा सम्मिलित सबै विद्यार्थीहरु उत्कृष्ट अंकले उत्तीर्ण भएका छन् ।
उक्त परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान दोस्रो वर्षमा विद्यार्थीहरुले ल्याएको उच्चत्तम अंक ९०.७ प्रतिशत रहेको छ ।
परीक्षामा सम्मिलित ३९ जना विद्यार्थीमध्ये ३६ जनाले विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् भने ३ जना पहिलो श्रेणीमा उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments