कविता:- अचम्मको देश मेरो

0
216

– कुमार लघु ,ख्वप


यो सगरमाथाको भनेर चिनेको देश
मन्दिरै मन्दिरकाे भनेर चिनेको देश
कला र संस्कृतिको भनेर चिनेको देश
युवा युवतीको रेमिटेन्शले चलेको देश

प्राकृतिक रूपले सुन्दर, रमणिय देश
समाजवाद स्थापनाको लागि परेको
अन्न उत्पादन अर्काको भर परेको देश
भ्रष्टाचारको संसारले थाहा लिएको देश

प्रधान मन्त्रीदेखी पिउनले घुस खाने देश
जन्मस्थललाई माया नगर्ने नेपालीको देश
विश्र्व विध्यालय खोल्न नचाहने सरकारको
जनतालाई दमन र अन्याय अत्याचार गर्ने

सिमाना सुरक्षा गर्न नचाहेको देश नेपाल
मेहनती सोझाे इमान्दारहरूको देश नेपाल
दैनिक पेसा गर्दा नि हात मुख जोड्न कठिन
भ्रष्टाचारी पेसा अप्नाउनेलाई छुटका दिने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here