श्रमिक दिवसको अवसरमा इताछेंमा स्थानीय भेला कार्यक्रम

0
179


भक्तपुर, बैशाख १६ । नेपाल मजदुर किसान पार्टी इताछे २ को आयोजनामा १३६ औं अन्तराष्ट्रिय श्र‍मिक दिवसको अवसरमा स्थानीय भेला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले नेपालका कम्युनिष्ट नामका राजनीतिक दलहरुले सरकारमा बसेर जनताको हकहितका लागि काम गर्नुका सट्टा पुँजीपतिहरुलाई पोस्ने काम गरिरहेकोले मजदुरहरुको अवस्था न्यून रहेको बताउनुभयो ।
देशमै रोजगार सृजना गर्नुका सट्टा देशको कलकारखानाहरू खारेजी गर्नु र निजीकरण गर्नाका कारण आज ८० लाख युवाहरु विदेशमा श्रम बेच्न बाध्य भएको बताउनुभयो ।
कलकारखानाहरु राष्ट्रियकरण गरी नयाँ प्रविधिको प्रयोग गरी आधुनिक उब्जाउतिर जोड दिनुको सट्टा राज्यका संस्थानहरु खारेजी गरी देशलाई २७ खर्व ॠणको भार बेहोर्न बाध्य बनाउने काम शासक दलहरु दोषी रहेको बताउनुभयो ।

मजदुर दिवस तयारी समितिका संयोजक बिष्णुराम दुमरुले अन्तरराष्ट्रिय श्रमिक आन्दोलनको इतिहास बारे चर्चा गर्दै पुजीबादी शासन व्यवस्थामा कामदार जनता र मजदुरहरूको भविस्य राम्रो नहुने भएकोले मजदुरहरु पनि राजनीतिक रूपमा सचेत र सांगठनिक भई संर्घष गर्नु पर्ने बताउनुभयो ।

सूर्यनारायण फांजुको सभापतित्वमा संञ्चालित उक्त कार्यक्रममा मन्जु लाखाजु, प्रनेष बाटी, कृष्णराम तुकंबजार र पुण्यराम स्वंगमिखाले अन्तराष्ट्रिय श्रमिक आन्दोलन बारे चर्चा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here