कविताकाे शिर्षक : रुप फेरियाे! रङ्ग बदलियाे

0
787

बाजे बिर्खेले

अर्काकाे खेत जाेत्दाजाेत्दै

केहीँ बुझ्नै नपाई बिताएका

जी !

हजुरी !! काे

बीरासत थाम्दै हुर्केका

बुबा हर्खे साइला

पुस्ताै देखि जाेत्दै आएकाे खेतवारीमाआफ्नो हक जताउन

काेसिस गर्दागर्द‌ै बिति गए

हाे

त्यहीं जगमा उभिएकाे बेदखलीत

म छाेरा / छाेरी

आजकल

घाेकन्ते बिध्यामा पारखी

सुट र ताईमा मक्ख पर्दै

कसै न कसैकाे

बबुराे / बबुरी बन्न अल्झिरहँदा

आगाे ओकल्ने ड्रागन बनाउन खाेजेका

कार्ल मार्क्सले

गड्याैलाहरुकाे जन्म भएकाे देखेझै

बहस

पैरवीकाे क्षमता नराख्ने

छट्टु स्यालहरु

पिठिउँबाट तीर हान्ने गर्छन भन्ने जस्ता

अनगिन्ति ब्यवहारिक ज्ञान नहुँदा

साँच्चिकै

समय चक्र संगै

रुप त फेरियाे

रङ्ग बदलियाे

मिठनस बाेलि भित्रकाे

खस्राे ब्यबहारका त्यान्द्राे

सुकिलाे पहिरनमा

बादलकाे मुस्लाेले

नील गगन

धपक्क छाेपिए सरी

घरी घरी

छाेपिरह्याे ….. छाेपिरह्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here