भक्तपुरमा आज देवीदेवताहरूलाई द्य स्वगं अर्थात सगुन दिई मनाइदै

0
653

बैशाख ४, भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको आठौं दिन आज देवी देवताहरुलाई पूजा चढाउने (द्य स्वगं बियगू) सगुन दिने चलन छ । यसलाई नेपाल भाषामा ‘द्य स्वगं बियगु’ भनिन्छ । यस दिन हरेक घरबाट सगुन दिन आ-आफ्नो क्षमता अनुसार पूजा समाग्री तयार गरी बिहानै पूजाको लागि निस्किन्छन् । यस दिनमा भक्तजनहरूको भीड लागेको हुन्छ भने टोलटोलमा रहेका दाफा, भजन र हरिभजनहरू पनि समूह-समूह गई सबै देवीदेवताहरूलाई सगुन दिने गर्दछन् ।

साथै टोलबासीहरु सबै मिलेर ब्वो छायगु गर्ने पनि गरिन्छ । त्यसको लागि टोल टोलमा भएका देवीदेवताहरूलाई मन्दिरबाट निकाली टोलको निश्चित ठाउँमा विराजमान गराइसक्नु पर्ने परम्परा छ । सोको जिम्मा सोही टोलबासीहरूले नै गर्दै आएका छन् ।

Photo Source: I love My Bhaktapur

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here