कविताको शिर्षक : विस्का जात्राः- विद्रोह या क्रान्ति ?

0
314

 रामकृष्ण प्रजापति

विस्का भन्ने
भैरव रथ तान्ने
तल माथि लाने
जित हार सोच्ने
ढुङ्गामुढा बर्षिने
विद्रोह या क्रान्ति मान्ने ?
एक प्याला झोलमा पागलपन बन्ने विस्का जात्रा ।

न सिद्धान्त विचार
न संगठित शक्ति
न उद्देश्य
न कसैको मुक्ति
न कसैको स्वतन्त्रता
न समानता
हरपल जितको लागि संघर्ष गर्ने विस्का जात्रा ।

न एक आपसमा सत्रुता
न वर्ग संघर्ष
न खेलको नियम
न क्रान्तिकारीपन
न गाँस बाँस र कपासको ग्यारेन्टी
न नयाँ निर्माण
साम दाम दण्डभेदबाट जित्न खोज्ने विस्का जात्रा ।

गलत मानसिकता पालेर
डोरीमा पक्षपात सम्झेर
चुडाईमा अन्याय सोचेर
कुहेको झोलमा दुबेर
देशका कणर्धारहरु बेहोसी भएर
फगत जात्रा मानेर
अनाहकमा मर्न तयार हुने विस्का जात्रा ।

देशमा व्याप्त व्यतिथि
शासक दलहरुको ढटुवापन
अन्याय, अत्याचार र भ्रष्ट्राचार
शोषण विरुद्धको संघर्षमा
तयार हुनपर्ने युवाहरु
जात्राको रणभूमि मैदानमा
किन हुन्छ झैं-झगडा विस्का जात्रा ।

सदियौं पुरानो
स्थानीय पहिचान
कला संस्कृति
रमाइलो भोज भतेर
झुठी शानको जित
अन्धविश्वासमा रमेर
किन गर्छौं ढुङ्गामुढा विस्का जात्रा ।

विस्का भौतिक दृष्टिकोणमा
विज्ञान प्रविधिको अद्भूत नमूना
ट्राफिक ईन्जिनियरिङ्ग
भुकम्पीय इन्जिनियरिङ्ग
संरचनात्मक इन्जिनियरिङ्ग
दिनरात बराबर हुने
ज्यातिष विज्ञान हो विस्का जात्रा ।

त्यसैले, जात्रा मनाऔं
संस्कृतिको संरक्षण गरौं
विकृति नफैलाऔं
सद्भाव र सहकार्य
मेलमिलाप र सम्मानका साथ
झै-झगडा र ईट्टा हानाहान छोडेर
शान्तिपूणर् मनाऔं विस्का जात्रा ।

     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here