Saturday, May 24, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home शिक्षा साईनिङ्ग स्टुडेण्ट एकेडेमीमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

साईनिङ्ग स्टुडेण्ट एकेडेमीमा पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

चैत २४, भक्तपुर । साईनिङ्ग स्टुडेण्ट एकेडेमीको आयोजनमा दि साईनिङ्ग हिरो अफ दि इयरको फाइनल र बार्षिक परीक्षाफल प्रकाशन, पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम एक समारोहबीच सूर्यविनायक पार्टी भेन्यूमा शनिवार सम्पन्न भयो ।


कार्यक्रममा विशेष अतिथि नगर शिक्षा शाखाका अधिकृत साधुराम फुयाँलले विद्यालयले विभिन्न विधाहरुमा उत्कृष्ठता हासिल गरेका विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै शिक्षा र तालिम समुदाय विद्यालयलाई अगाडि बढाउनु अपरिहार्य भएको बताउनुभयो । उहाँले शिक्षा मौलिक हक भएको बताउँदै गुणस्तरीय शिक्षाको निम्ति सकृय हुनुपर्ने बताउनुभयो ।
उहाँले नगर शिक्षाबाट संस्थागत साथै सामुदायिक विद्यालयहरुलाई समान रुपमा परीक्षा र तालिमहरु गर्दै आइरहेको बताउनु भयो । नगर शिक्षाबाट कक्षा ५ को अन्तिम परीक्षा, कक्षा ८ को केन्द्रिकृत परीक्षा साथै कक्षा १० को पूर्व तयारी एस.ईं.ई.परीक्षा समेत लिइदै आएको समेत जानकारी दिनुभयो । यस्ता परीक्षाले शिक्षालाई गुणस्तरिय बनाउन घच्घच्याएको समेत बताउनु भयो ।
कार्यक्रममा विशेष अथिति उपेन्द्र सुवालले भक्तपुर नाचगानको राजधानी भएकोले यस विद्यालय यस्ता विविध साँस्कृतिक विधाहरुले घरघरबाट गायक, संगितकार र नृत्यकार लगायतका विधाहरु तयार गर्न सहयोग हुने समेत बताउनु भयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिशु स्याहार देखि उच्च शिक्षा सम्म सेवा दिइरहेको साथै एक घर एक स्नातक बनाउन उच्च शिक्षा हासिल गर्न चाहनेलाई ५ लाख सम्मको शैक्षिक ऋण प्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिका अध्यक्ष तथा गपली टोल सुधार समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरु अन्तरनिहित प्रतिभाहरु बोकेर जन्मिने भएकोले प्रतिभाहरु शिक्षाको माध्यमबाट प्रष्फुटन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अतिरिक्त क्रियाकलाप र गतिविधिले विद्याथीहरुमा उत्साहित गर्नुका साथै क्रियाशील बनाउँछ भन्नुभयो ।
त्यस्तै कार्यक्रममा अतिथि प्याब्सन नगर अध्यक्ष रमेश चन्द श्रेष्ठले विद्यालयलाई राम्रो गर्न शिक्षक, विद्यालय तथा अभिभावकहरुको ठूलो भूमिका हुने चर्चा गर्नुहुदै नानीहरुको पहिलो विद्यालय नै घर भएकोले घरमा समेत पढ्ने वातावरण अभिभावकहरुले बनाउनु पर्ने भन्नुभयो ।
त्यस्तै कार्यक्रममा अभिभावक सुजिल भुजेलल विद्यालयमा आफ्ना नानीहरुलाई ल्याएर एकदमै खुसी भएको जानकारी दिनुहुदै विद्यालयले देखाएका संस्कारले आफु एकदमै प्रभावित भएको बताउनु भयो ।
कार्यक्रम विद्यालयका प्रिन्सिपल रविन छुस्याकीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उहाँले विद्यालयले शैक्षिक क्षेत्रमा अब्बलताका साथै खेलकुद क्षेत्रमा भक्तपुर जिल्लामा मात्र नभई उपत्यका समेत कबड्डी, कराते, चित्रकला लगायतका क्षेत्रमा उत्कृष्ठता प्रस्तुत गर्न सफल भएकोमा अभिभावकहरुलाई धन्यबाद दिनुभयो ।
स्वागत मन्तब्य दिनुहुदैं कार्यक्रममा सह प्रिन्सिपल गौरी छुस्याकीले मोबाइलको लतमा फसेका नानीहरुलाई विद्यालयले नैतिकवान, अनुशासित तुल्याउन प्रयत्नरत भएको बताउनु भयो । विद्यालयबाट ३ जना डाक्टरहरु समेत उत्पादन गर्न सफल भएको समेत बताउनु भयो ।
निणर्ायक बद्री नारायण तामा्रकारले साइनिङ्ग हिरोको फाइनलको नतिजा घोषणा गर्नुका साथै विनाता कला प्रतिष्ठानको सहयोगमा विभिन्न विद्यालयबाट उत्कृष्ठता भएका नृत्य र गायक गर्न सक्षम भएकालाई विदेशमा लगेर आफ्ना कला प्रस्तुती गर्न लगाइएको जसमा यस साइनिङ्ग स्टूडेण्टस् एकेडेमी विद्यालयहरु समेत निकत भविष्यमा लैजाने तयारी गरिरहेको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments