नाक, कान र घाँटी परिक्षण शिविरमा १३० जना लाभान्वित

0
660

चैत २४, भक्तपुर । भक्तपुर नपा वडा नं ९ सुर्यमढी स्थित वाकुपति नारायण मन्दिरको प्राङ्गणमा शनिबार नाक, कान, घाँटी परिक्षण शिविर सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नपा वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले ख्वप अस्पताल जनताको अस्पताल भएको बताउनुहुदै अस्पतालले नगरवासीलाई दिदै आएको स्वास्थ्य सेवा बारे जानकारी दिनुभएको थियो भने शिविरको आवश्यकताबारे चर्चा पनि गर्नु भएको थियो । साथै वडाको गतिविधि र समसामयिक विषयवस्तुबारे बोल्नुहुदै उहाले कोहिपनि घरधनीले घर भाडा दिदाखेरि घर भाडामा बस्ने व्यक्तिको व्यक्तिगत जानकारी लिनुपर्ने समेत बताउनुभयो ।


त्यस्तै नेपाल क्रान्तिकरी महिला संघ, सूर्यमढी ९ वडा एकाइ समितिका अध्यक्ष रामेश्वरी कुसीले नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकरी महिला संघले उक्त शिविर आयोजना गरेको बताउनुहुदै महिलादिदीबहिनीहरुले समय समयमा स्वास्थ्यको ख्याल गर्नुपर्ने बताउनुभयो ।


स्वास्थ्य शिविरमा ख्वप अस्पतालका इन्टरनल मेडिसिन डा. अमर प्रजापति र ENT विशेषज्ञ चिकित्सक डा. बेलुले परिक्षण गर्नु भएको थियो ।
१ दिने उक्त शिविरमा १३० जना महानुभावहरु लाभान्वित भएका थिए ।नेपाल क्रान्तिकारी महिला संघ, सूर्यमढी ९ वडा एकाइ समिति र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा शिविर संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here