चैत २७ गते भैरवनाथको रथ ३ बजे तान्ने

0
1269

चैत २३, भक्तपुर । गुठी संस्थान शाखा कार्यालयले विस्का (विस्केट जात्रा) सम्बन्धी कार्य तालिका प्रकाशित गरेको छ ।
प्रकाशित तालिका अनुसार बिस्का: जात्राको पहिलो दिन चैत २७ गते भक्तपुरको त:मारी प्राङ्गण (ङातापोल अगाडी) मा बनेको भैरवनाथको रथ चैत २७ गते दिउँसो ३ बजेबाट स्थानीय जनसमुदायहरुबाट रथ तान्ने जानकारी दिएको छ ।
विश्व प्रसिद्ध बिस्का जात्रा आठ रात नौ दिनसम्म भक्तपुरका टोल टोलमा भव्यताका साथ मनाइन्छ ।
भक्तपुरमा २७ गते भैरवनाथको रथ तानेर आरम्भ हुन्छ भने चैत्र ३० गते योसिंद्यो (लिङ्गो) उभ्याउने र बैशाख १ गते नववर्षको दिन योसिंद्यो ढाल्ने जात्रा सम्पन्न गरिन्छ । २०८१ बैशाख ५ गते भैरवनाथको रथ तानेर व्यवस्थापन गरेपछि भक्तपुरको बिस्का: जात्रा सम्पन्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
3
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here