के यही उपलब्धि हो ?

0
166

आकाशमा छुन लाग्यो महँगी

अब आउन लाग्यो आर्थिकमन्दी

सारा क्षेत्रमा ढाक्यो परनिर्भरता

के यही उपलब्धि हो ?

मेरो दृष्टिमा मार्क्स

समानतावादी हो

हरेक पाइलामा तिमी

तिमी नै अग्रगमन ।

तिम्रो प्रिय यो कस्तो

पदलोलुपले भयो भागबन्डा

तिमीले बनायौ किन भ्रष्टाचारी

किन यस्तो राजनीति बेथिति ?

फलामलाई जति ततायो

त्यति नै बलियो हुन्छ

बेथिति जति चुलियो

प्रतिक्रिया त्यति नै बढ्छ ।

सुन जति पोल्यो

त्यति नै शुद्ध हुन्छ

जनतालाई जति दमन गर्यो

त्यति नै सङ्घर्षशील बन्छ ।

हीरामा जति धार लगायो

त्यति नै चम्किलो हुन्छ

सङ्घर्षमा जति विचारले सुसज्जित गर्यो

त्यति नै क्रान्ति मजबुत बन्छ ।

माटोको भाँडो जति पाक्यो

त्यसमा त्यत्ति नै आवाज आउँछ

क्रान्तिमा जति जनताको दुःखकष्ट गाउँछ,

त्यसमा त्यतिकै कर्णप्रिय सङ्गीत भर्छ ।

सूर्यजस्तै बन्न

त्यत्ति नै जल्नु पर्छ

क्रान्तिकारी बन्न

तरबारको धारमा हिँड्नुपर्छ

नदीजस्तै सुस्ताउन

हिमालबाट बग्नु पर्छ

क्रान्ति सफल पार्न

जनता जाग्नुपर्छ ।

हामी क्रान्तिकारी हो भने

किन सरल बाटो खोज्छौँ

कम्युनिस्ट बन्नेहरू

यमराजको धोका धक्धक्याउँछन् ।

निरन्तर लाग्नु सङ्घर्षमा

एकदिन सफल हुन्छ

सयौँ वर्ष लड्यौँ

अब सयौँ वर्ष लड्न तयार हुनुपर्छ ।

हरेक समस्याको समाधान हुन्छ

त्यो आज नभए पनि भोलि हुन्छ

क्रान्ति एक दिन सफल हुन्छ,

त्यो एक जुगमा एकचोटि आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here