कक्ष हराएको देश

0
274

काण्डै काण्डको कुण्डमा

डुविरहेको यो देश,

दलै दलको दलदलमा

ढस्दै गरेको यो देश,

भ्रष्टै भ्रष्टहरूले त्रष्ट

बनिरहेको यो देश,

हेर

कसरी खसिरहेछ,

सररर

यो गणतन्त्रमा

कक्ष हराएको

उल्का झैँ,

यो देश ।

र, म

सुतिरहेछु

यी अँध्यारा दिनहरुमा

सुनौलो बिहानीको

सपना हेर्दै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here