भगवान र मान्छे (कविता)

0
193
भगवान र मान्छे (कविता)

भगवानको मन्दिर भित्र

बजिरहन्छ घन्टाको ध्वनी

भक्तजनहरूको उस्तै टाँटी

मनमनै गुन्छन नानाभाँती।

घाटक माहामारी कायम रहे

मेरो सानो क्लिनिकलाई

मन्दिर सम्झिने पनि हाेलान्

चिकित्सकको आफ्नै पुकार।

साउनकाे उर्लिएकाे बाढीले

दुई चारवटा पुल बगाई लगे

विकास निर्मानमा योगदान

ठेकेदारकाे आफ्नै भक्तिगान।

देशमा संक्रमणकालीन अवस्था

आफु अनुकुल शासन व्यवस्था

नाथे जनता तथा प्रतिपक्षी दल

नेताको आफ्नै शासकीय प्राथना।

यि र यस्ता स्वार्थी व्यक्तिहरुको

पुकारले मन नै राेयाे भगवानको

आखिरमा भगवान प्राथना गर्न पुगे

हरे यिनीहरूलाई सद्बुद्धि आओस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here