फागुण १२, भक्तपुर । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८०।०८१ को अर्ध वार्षिक समीक्षा कार्यक्रम अध्यक्ष कृष्णराम कासिछ्वाज्यूको सभापतित्वमा एक समारोहबीच कार्यलयको सभाकक्षमा शनिवार सम्पन्न गरियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले अर्ध वार्षिक समीक्षाको महत्व र आवश्यकताबारे प्रस्ट्याउँदै निष्पक्ष ढंगले प्रगतिको मार्गमा लम्कदा बाधा अड्चन आउने र सहकारीको प्रगतिमा डाहा गर्नेहरुको कमि नभएकोले पाईला पाईलामा सचेतना अपनाई अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले सहकारी संस्थाका पदाधिकारीहरुले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने र सहीगलतको बिश्लेषण समेत गर्नुपर्नेमा जोड दिदैं संचालक समितिको हरेक निणर्य र कर्मचारीहरु हरेक कारोबार पारदर्शी, निष्पक्ष नभए सहकारी प्रति सदस्यहरुको विश्वास घट्ने भएकोले सहकारी बारे अध्ययनशील भई व्यक्तित्व विकास हुने बताउनुभयो । उहाँले निक्षेप संकलन, सुरक्षित ऋण लगानी तथा शेयर पूँजी बृद्धि गर्नुपर्ने बताउनु भएको थियो ।
त्यस्तै कार्यक्रममा सल्लाहकार काशीलाल प्रजापतिले हाल देशमा देखिएको आर्थिक मन्दिलाई नियाल्दा सहकारी सकारात्मक गतिमा गइरहेको नै राम्रो पक्ष हो भन्नु भयो । साथै सहकारीमा काम गर्दा मेरो मात्र नभनि हाम्रोको धारण राखेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले सहकारीबारे जानकारीमूलक कुराहरु राख्नु हुदैं सभा विसर्जन भएको घोषणा गर्नुभएको थियो । उपाध्यक्ष श्रीप्रसाद प्रजापतिले स्वागत मन्तव्य दिनुभयो । सचिव सत्यराम ज्ञामरुले संस्थाको ६ महिनामा भएको प्रगति विवरण तथा कार्यक्रम पेश गर्नुका साथै सदस्यहरुलाई सीपमूलक तालिमको संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो । कोषाध्यक्ष तुल्सी केशरी छुजू प्रजापतिले अर्ध बार्षिक समीक्षा सहित आर्थिक विवरण पेश गर्नु भयो । लेखा समितिका संयोजक हरि कृष्ण प्रजापतिले ६ महिनामा भएको सहकारी गतिविधीबारे थप प्रस्ट्याउनु भयो । संस्थाका प्रबन्धक गौतम कुटुवाजूले कार्यक्रम संचालन गर्नुका साथै रामकृष्ण लावजु, चम्पा ज्ञामरु र सिद्धान्त प्रजापतिले पनि बोल्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















