फागुन १३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन संसदमा विधेयक ल्याउन आग्रह गरेका छन् ।
‘शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको ?,’ प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद परियारले भने,‘ख्वप विश्वविद्यालयको विधेयक तत्काल ल्याउन पर्यो ।’
ख्वप कलेजले देशभरका विद्यार्थीलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप छ । ‘सन १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औँ वर्षमा लागिसकेको छ । देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन् ।
उनले सरकार समाजवाद उन्मुखको नारा लगाइरहे पनि शिक्षा महंगो भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















