८० वर्ष अगाडि खिचिएका फोटोहरु “तीन पुस्ते ब्रिलियन्ट भक्तपुर” फोटो प्रदर्शनीमा राखिने

0
573

फागुन १३, भक्तपुर । भक्तपुरमै पहिलो पटक तीन पुस्ते ब्रिलियन्ट भक्तपुर फोटो प्रदर्शनी-२०८० हुने भएको छ ।
भक्तपुर पर्यटन विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीपेशराज शर्माले भक्तपुरकै पहिलो फोटोग्राफर स्व बद्रीप्रसाद बनेपाली, उहाँका छोरा केदार, नाति किसन तथा नातिनी सुनी बनेपाली गरी तीन पुस्ताले विभिन्न कालखण्डमा खिचेका फोटोको प्रदर्शनी गर्न लागिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।
भक्तपुरको दरबार क्षेत्रमा यही गते आयोजना हुने प्रदर्शनीमा तीन पुस्ताले खिचेका ६८ वटा तस्बीर राखिने भएको छ ।
८० वर्ष अगाडि खिचिएका फोटो भक्तपुरमा प्रदर्शनीमा राखिने फोटोग्राफर केदार बनेपालीले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here