फागुन १२, भक्तपुर । भक्तपुर लिवाली ८ वडा स्थित उदय बचत तथा ऋण सहकारी संस्थाको २८ आैं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बोध गर्दै ब्रम्हायणी पीठ परिसरमा शनिबार सरसफाइ कार्यक्रम सम्पन्न भयो ।

उक्त सरसफाइ कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् युवा तथा सांस्कृतिक उपसमितिका संयोजक न्हुछे बहादुर प्रजापतिले जन्म देखि मृत्युुसम्म सांस्कृतिक महत्त्व रहेको ब्रम्हायणी घाट दिनप्रतिदिन प्रदुषित भएको बताउँदै सो क्षेत्रको सरसफाइ गरेर संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको प्रष्ट पार्नुभयो । उहाँले प्लास्टिकको बढ्दो प्रयोगको कारण प्रदुषण झन्झन् बढेको हुँदा त्यसको प्रयोगलाई न्यून गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

संस्थाका प्रबन्धक पूण्यराम गोसाईले सामाजिक क्षेत्रमा रहेका सम्पदाहरूको सरसफाइ गर्नु पनि संस्थाको सामाजिक उत्तरदायित्व भित्र पर्ने बताउनुभयो ।

ब्रम्हायणी घाट, पीठ तथा दिप क्षेत्रको उक्त सरसफाइमा संस्थाको संचालक समिति, उपसमिति, कर्मचारी लगायत सदस्यसहित ४० जनाको उपस्थिति रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















