फागुन १२, भक्तपुर । नेपाल सरकारले यही मिति २०८० साल फागुन १३ गतेदेखि चैत ७ गते सम्म दादुरा रूबेला खोप अभियान गर्ने भएको छ ।
अभियानको क्रममा भक्तपुर नगरपालिकाले फागुन १३ गतेदेखि २३ सम्म नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरूमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका समेत बालबालिकाहरुको लागि खोप केन्द्र (विद्यालय) मार्फत दादुरा रुबेला विरुद्धको खोप दिइने तालिका सार्वजनिक गरेको छ ।
खोप सञ्चालन बिहान १० बजेदेखि ४ बजेसम्म हुने नगरपालिकाले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1


















